Techie IT
  • २३ माघ २०८१, बुधबार
KhojPatrika

नेपालबाट भारततर्फ मदिरा लगिरहेका युवक पक्राउ


वीरगञ्ज – नेपालबाट भारततर्फ मदिरा तस्करी गर्ने एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारत जिल्ला मोतिहारी थाना लखौराग्रामका २६ वर्षीय नितेस यादवलाई पक्राउ गरेको हो ।

उनलाई जिजे ०५ सि ए ६८३८ नम्बरको जिपमा २८ बोरा सौफी नामक मदिरा भारत लगिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठोरले जानकारी दिए । भारतको बिहार राज्यमा सरकारले मदिरा पिउन रोक लगाएपछि नेपालबाट मदिरा तस्करी भइरहेको छ ।


क्याटेगोरी : जनगुनासो, ब्रेकिंग न्युज

तपाईको कमेन्ट लेख्नुहोस्