शोक र त्रासमा पाँचथर मिक्लाजुङका बासिन्दा

पाँचथर ७ जेठ । दुई परिवारका ९ जनाको बिभत्स हत्या भएको पाँचथरको मिक्लाजुङ शोकमा डुबेको छ । एकै पटक नौ जनाको हत्या कसले र कसरी ग¥यो भन्ने त्रास पनि फैलिएको छ । बिभिन्न स्थानबाट प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीसहितको टोली पनि घटनास्थलमा गएको छ । प्रमुख जिल्ला अधिकारीको टोलीमा सुरक्षा निकायका अधिकारी र डाक्टरहरु छन् । घटना भएका घरलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । हत्या भएका धनराज शेर्माको घरमा केही दिनअघि नुनमा सिसा मिसाएको घटना सार्वजनिक भएको थियो । चार दिनअघि गाउँमा तालिम दिनका लागि गएको टोली शेर्माको घरमा बसेको थियो र उनीहरुलाई बनाइएको खानामा प्रयोग गरिएको सुनमा सिसा मिसिएको भेटिएको छ । जसका कारण खाना खाएकाहरु बिरामी परेका थिए । यसैबिच भागेर ज्यान जोगाउन सफल भएकी १२ वर्षकी सीता खजुमलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ । सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि हत्या भएको हो । धनराजको परिवारका पाँचजना र बमबहादुरको परिवारका चारजनाको हत्या भएको हो । हत्या गरिएकामा ७४ वर्षीय बमबहादुर फियाक, ३६ वर्षीया जस्मिता फियाक, २६ वर्षीया मनकुमारी फियाक, ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ९ जनाको ज्यान जाने गरि भएको हत्याकाण्डमा एकजनाको मात्रै संलग्नता रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । त्यस्तै, घटना भएकै गाउँपालिकाको अर्को वडामा आत्महत्या गरिएका युवकको संलग्नता हत्यामा रहेको हुन सक्ने अनुमान पनि गरिएको छ । मिक्लाजुङ–७ मा एक युवकको शव झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको छ । फोरेन्सिक रिपोर्ट नआएकाले यकिन गरेर घटनामा यति जनाकै संलग्नता थियो भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा गएराति ९ जनाको विभत्स हत्या भएको स्थानबाट केही किलोमिटर पर अर्का एक युवकको शव भेटिएको छ । मिक्लाजुङको वडा नं ८ मा मानबहादुर माखिमको शव भेटिएको हो । माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । यद्यपि, घटनामा उनको कुनै संलग्नता थियो या थिएन भन्ने विषय चाहिँ खुलेको छैन ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #breeking
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्