टुप्पी कसेर लोकसेवा पढ्ने बिद्यार्थी सडक आन्दोलनमा

काठमाडौं २९ जेठ । यतिबेला टुप्पी कसेर लोकसेवा पढ्ने बिद्यार्थी सडक आन्दोलनमा उत्रिएका छन् । संसदीय समितिले लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन दिएपछि त्यसको विरोधमा राजधानीमा बिद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।
लोक सेवा आयोग स्वतन्त्र संवैधानिक अंग भएकाले संसदीय समितिले दिएको सो निर्देशन पालना गर्न बाध्य नहुने पनि कतिपयले बताउदै आएका छन् । मेहनतबाट जागिरका लागि भौतारिरहेका बिद्यार्थीहरु अव के हुन्छ भन्ने अलमलमा परेका छन् । दरखास्त फारम भर्ने या नभर्ने र भरेकाले पनि अव के गर्ने भन्ने दोधारमा छन् । टुयुसन सेन्टरमा दश हजारदेखि बीस हजारसम्म खर्च गरेका उनीहरु लोकसेवाको बिज्ञापन रद्द गरे आफूहरु कहाँ जाने बिकल्प दिन समेत सरकारलाई आग्रह गरेका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको गत सोमबार बसेको बैठकले सो विज्ञापन तत्काल रद्द गर्न सरकार र लोक सेवा आयोगलाई निर्देशन दिएको थियो । प्रर्दशनका क्रममा युवा÷विद्यार्थीहरुले लोक सेवा आयोगले खुलाएको सो विज्ञापन रद्द गर्ने निर्देशन फिर्ता नलिएसम्म संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन । उनीहरुले समिति विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । समितिले दिएको सो निर्देशन फिर्ता लिन दवाव दिँदै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दे आएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, लाेकसेवा/जागिर
ट्याग : #loksewa aayog
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्