Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

कहाँ गए गाउँका युवा ?


अगस्ट १२ अर्थात् अन्तराष्ट्रिय युवा दिवस । संयुक्त राष्ट्रसंघले सुरुवात गरेको युवा दिवस । यो दिवस बिश्वभर शिक्षामा रुपान्तरण भन्ने मुल नाराका साथ मनाइयो । नेपालको नारा भने शिक्षामा रुपान्तरण उद्यमशिलता र नवप्रवर्तन थियो । नेपालमा युवा दिवस युवाका बिषयमा हामीले यस्तो ग¥यौं, उस्तो ग¥यौं भन्दै चर्को भाषण गरी मनाइयो । पहिलो पटक सन् २००४ देखि मनाउन थालिएको युवा दिवस मनाउने क्रम जारी नै छ । सरकारले युवाकै लागि वार्षिक ९ अर्ब बजेट विनियोजन गर्छ । तर, बिडम्बना त्यो बजेट कसरी सकिन्छ पत्तै हुदैन । नेपाल विश्वमा युवा विकासको सूचीमा ७७ औँ नम्बरमा छ । १९ दशमलव २ प्रतिशत युवा पूर्ण बेरोजगार छन् । २६ दशमलव १ प्रतिशत युवा त स्नातक पास गरी बेरोजगार बस्नुपरेको अवस्था छ । गाउँमा जानुहोस् घरमा बुढा बाआमालाई तातो पानी दिने कोही छैनन् । हलो जोत्ने युवा नभेटिएर खेती बाँझै छन् । छरछिमेकमा कोही मर्दा मलामी जाने छैनन् । सहयोग गर्ने कोही युवा भेटिदैनन् । आखिर कहाँ छन् त देशका युवा ? हामी तपाईलाई युवा भएको स्थान देखाउँछौं । पढ्न शहर छिरेका युवाहरु रोजगारको लागि आवेदन दिने ठाउँमा देखिएको भिड हेर्नुहोस् । जागिर नपाएपछि पासपोर्ट बनाउने राहादानी बिभागमा पुग्नुहोस् । त्यसको छेउमा रहेको उच्च शिक्षा अध्ययनको बहानामा ‘नो अब्जेक्सन लेटर’ लिन लागेको लाइन हेर्नुहोस् । यो बर्ष मात्रै ६३ हजार २ सय ५९ जनाले लेटर लिए । वैदेशिक रोजगार विभाग हुदै बाहिर जानेका लाइन हेर्न जानुहोस् त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल । जहाँबाट दैनिक १५ सय अर्थात बार्षिक ६ लाख भन्दा बढी युवा बाहिरिरहेको तथ्याङक छ । छिमेकी देश तथा अन्य देशमा गैरकानुनी रुपमा जानेको संख्या त पत्तै छैन् । यस्तो तथ्याङकले ‘युथभिजन २०२५ सहित १० वर्षको रणनीतिक योजना, राष्ट्रिय युवा नीति २०६५, २०७२ मा राष्ट्रिय युवा परिषद् ऐन ल्याइयो । तर, त्यसबारे युवा अनबिज्ञ छन् । युवा दिवसमा एक दिन चर्को भाषणले केही परिवर्तन हुदैन । ७० बर्ष पुग्दा समेत युवा नेताको उपाधि पाएजस्तो छैन । साच्चिकै युवा बेरोजगार भएर हिड्न विवश छन् । दक्ष जनशक्ती उत्पादन गरौं, स्वदेशमै परिचालन गरौं । रोजगारका अवसर जुटाऊ । गाउँ युवाबिहिन हुन नदिऔं । आजैदेखि सकरात्मक कामको सुरुवात गरौं ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, विचार/लेख, समाचार
ट्याग : #youth day

तपाईको कमेन्ट लेख्नुहोस्