Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

साउदी अरबद्वारा तेल प्रशोधन केन्द्रमा इरानको हात रहेको दाबी


काठमाडौं २ असोज । साउदी अरबले आफनो तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानको हात रहेको आरोप लगाउँदै केही प्रमाण सार्वजनिक गरेको छ । साउदी अरबको रक्षा मन्त्रालयले आक्रमणमा प्रयोग भएको ड्रोन र क्रुज मिसायलको अवशेष देखाउँदै आक्रमणको पछाडी इरानको हात रहेको दावी गरेको हो । मन्त्रालयका अनुसार आक्रमणमा प्रयोग भएका १८ ड्रोन र सातवटा क्रुज एकै दिशाबाट आएका हुन् । प्राप्त प्रमाणका आधारमा आक्रमणमा हुथी विद्रोहीको संलग्नता नदेखिएको जनाइएको । हुथी विद्रोहीले भने आक्रमणको जिम्मेवारी आफैले लिएको छ । इरानले भने आफूमाथि लगाएका सबै आरोप अस्वीकार गरेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, प्रविधि, विदेश, समाचार
ट्याग : #saudi

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं