रुकुमपश्चिमको जिल्ला स्वास्थ्य कार्यालयमा र्यापिड टेस्ट सुरु

रुकुमपश्चिम ४ चैत । रुकुम पश्चिमको जिल्ला स्वास्थ्य कार्यालयमा र्यापिड डायग्नोष्टिक टेष्ट शुरु गरिको छ । जिल्लाका विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरुमा र्यापिड डायग्नोष्टिक टेष्ट शुरु गरिएको छ । रुकुम पश्चिमको जिल्ला अस्पत्तालमा र्यापिड डायग्नोष्टिक टेष्ट आरडिटी किटको थालनी गरिएको हो । जिल्लाका विभिन्न क्वारेन्टाईनमा रहेका २२ जनामा र्यापिड डायग्नोष्टिक टेष्ट परिक्षण गरिएको हो । परिक्षण गरिएका २२ जनाको रिर्पोट नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस अघि जिल्लामा र्यापिड डायग्नोष्टिक टेष्ट किट नहुदा स्वाब संकलनमा समस्या भएको थियो । जिल्लाभरीबाट पहिलो चरणमा क्वारेन्टाईनमा बसेका ४२ जनाको स्वाब संकलन गरी परिक्षणका लागि सुर्खेत पठाईएको थियो । परिक्षणमा पठाईएका सबै जनाको रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पत्तालमा हाल प्रदेश र स्थानीय सरकार लगायतको सहयोगमा आवश्यक कोरोना सामग्री प्राप्त भएको तर केही सामग्री भने अझै अपुग भएको अस्पतालले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #रुकुम पश्चिम
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्