Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


काठमाडौं १४ बैशाख । राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सरकारले ल्याएको अध्यादेश फिर्तापछि प्रधानमन्त्री ओली पहिलो पटक राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । अध्यादेशपछि चौतर्फी आलोचना भएका प्रधानमन्त्री ओली शितलनिवासमा पुग्नुले अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो विकसित घटनाक्रमलाई लिएर कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास गएको बुझिएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

तपाईको कमेन्ट लेख्नुहोस्