राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं २० बैशाख । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितल निवास पुगेर फर्किएका छन् । पार्टीभित्रैबाट प्रधानमन्त्रीको राजीनामा मागिएपछि अप्ठेरोमा परेका ओलीले पछिल्लो समय संबैधानिक निकायका प्रमुखलाई पालैपालो भेट्दै भेटिरहेका छन् । सरकारले अध्यादेश ल्याएपछि नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । पाटीमा बिबाद भएपछि ओलीले पछिल्लो समय राष्ट्रपतिसँगको भेटवार्ता बढाएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्