काठमाडौं उपत्यकामा ह्वात्तै बढ्यो लकडाउन उलंघन, चोकमा जामै जाम

काठमाडौं ३० बैशाख । दोश्रो कोरोना संक्रमित पहिचान भएपछि अर्थात गत चैत ११ गते देखि कोरोनाको महामारी रोकथामका लागि भन्दै सिंगो देश लकडाउन गरियो । बन्दाबन्दीको पचास दिन बित्दैगर्दा पछिल्ला केही दिन यताका दृश्यहरुले भने सरकारले लकडाउन खुकुलो बनायो वा कार्यान्वयन गराउन जानेन भनेर प्रश्न गर्ने ठाउँ दिएको छ । सरकारले पछिल्लो पटक लकडाउन थपेर जेठ पाँचसम्म पुर्याउँदैगर्दा ४२ बिधाका उद्योग र औद्योगिक क्षेत्रहरुको उत्पादन खुल्ला गर्ने निर्णय गरेपछि काठमाडौं सहित देशका शहरी क्षेत्रमा देखिएको भीडभाड र सवारी चाप निक्कै बढेको छ । राजधानीमा देखिने दृश्यहरुले आफै भनिरहेका छन् कहाँ छ लकडाउन ? लकडाउनको यो अबधीमा काठमाडौं उपत्यकामा मात्रै २७ हजार बढी सवारी साधन र पासको दुरुपयोग गर्ने २३ सय १८ जना कारबाहीमा परेको तथ्यले समेत उल्लंघनकर्ताहरु बढेको देखाएको छ ।
सोमबार मात्रै पनि काठमाडौंमा लकडाउन उल्लंघन गरेको भन्दै १४ सय ३८ सवारी साधन कारबाहीमा पर्नु र सडक अनि बजारमा देखिएको भीडभाडले पनि लकडाउन खुकुलो भएको हो वा ब्यवस्थित गर्न नसकिएको हो भन्ने प्रश्न उब्जाएको छ । उत्पादनमुलक उद्योग कलकारखाना सञ्चालन गरेर लकडाउन केही खुकुलो बनाइएको काठमाडौं उपत्यकामा नै देशका विभिन्न स्थानमा ठूलो संख्यामा कोरोना संक्रमित पहिचान भएपछि लकडाउनलाई कडाई गर्ने तयारी गरिदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै सडकमा बढ्दै गरेको भीडभाड बारे ब्याङग्य गर्दै राजधानीमा लकडाउन छ र ? भनेर मन्त्रिपरिषद्मा मन्त्रीहरुलाई प्रश्न सोधेको बिषयले पनि लकडाउन ब्यवस्थित गर्न नसकेको तथ्य उजागर गरेको छ । मन्त्रीहरु नै लकडाउनलाई बैज्ञानिक ढंगले लागु गराउन नसकिएको स्विकार गर्दै अर्थतन्त्र केही चलायमान बनाउने नाममा खुकुलो बनाउँदा जोखिम बढ्नेतर्फ सचेत गराइरहेका छन् ।
लकडाउन जारी छ भन्ने देखाएर सडकमा भीडभाड गराउने वा कडाईका साथ पालना गराएर नागरिकलाई कोरोनाको महामारीबाट बचाउने । यसको जिम्मा सरकारलाई नै । लकडाउन नखुलेरै सडकमा निष्किने सर्वसाधारणले पनि सोच्नैपर्छ सामाजिक दुरी कायम गर्न घरमै बस्न । तर, सडकमा सवारी साधान मात्रै होइन पैदल यात्रुहरुको समेत चाप बढेपछि कोरोनाको जोखिम थप बढाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #लकडाउन’
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्