जव ७ बर्षिया बालिका पुष्पगुच्छा सहित कोरोना जितेर बाहिरिइन….
काठमाडौं । एउटा हातमा पुष्पगुच्छा अर्को हातमा सेतो कागज, बाँया हातमा अल्झाइएको निलो झोला अनि काँधमा बिदाई गरिएको खादा । यति मात्रै होइन मुखमा सेतो माक्स । उनी बाँकेकी ७ बर्षिया बालिका । २० दिनअघि कोरोना संक्रमण भएपछि बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आएकी उनै सात बर्षिया बालिका शुक्रबार कोरोना भाइरसलाई जितेर घर फर्किइन । सम्भवत उनीलाई थाहै थिएन होला कोरोेना भाइरस के हो भन्ने ? बिश्वमा त्राही त्राही बनाएको कोरोना भाइरसले धेरै बालबालिका पनि प्रभावित भएका छन् । कोरोनाले नेपाल पनि अछुतो रहन सकेन । कसरी बालिकामाथी कोरोना संक्रमण भयो । त्यो अझै खुल्न सकेको छैन् । कोरोनाको डर त्रास र भयलाई जित्दै सात बर्षिया बालिका पुष्पगुच्छा सहित अस्पतालको गेट बाहिर आउँदाको तस्वीर यतिबेला सामाजिक सञ्जालमा छाएको छ । सबैले बालिकाकालाई शुभकामना दिइरहेका छन् । थाहै नपाएको भाइरस लागेपनि उनीले पनि २० दिन अस्पतालमा कम्ती दुख पाइनन होला ? खेल्ने उमेरमा, डुल्ने उमेरमा कोरोना संक्रमण भएर अस्पताल बस्नुपर्यो । कोरोनाको त्रास र भयमा रहेका नेपालीलाई अस्पतालबाट निको भएर घर फर्किदा एउटा सन्देश दिएकी छन् कोरोनालाई मैले त जिते तपाईहरुले पनि जित्न सक्नुहुनेछ । संक्रमितहरुको मनोबल उनको तस्बीरले पनि बढाउने छ । शुक्रबार मात्रै बाँकेबाट २१ जना कोरोना संक्रमित डिस्चार्ज भए । त्यसैमा अर्को तस्वीर पनि थियो । बच्चालाई बोकेर पुष्पगुच्छा बोकेरै अस्पतालको गेटबाट बाहिरिदै गरेको दृश्य पनि भाबुक बनाउने खालको थियो ।
उनीहरुसँगै बाँकेका पहिलो संक्रमित ६० बर्षिय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट मुक्त भएर घर फर्किएका हुन् । दोस्रो पटक गरिएको पिसिआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि २० दिनको अस्पताल बसाई पूरा गरेर उनीहरु घर फिर्ता पठाइएको थियो ।
अव सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा ४ जना संक्रमितको उपचार भइरहेको छ । अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो संक्रमण पुष्टि भएको थियो । उनीहरु एकैसाथ कोरोनालाई जितेर बाहिरिदै गर्दा चिकित्सक तथा अन्य ब्यक्तीहरुमा समेत खुसी छाएको थियो । मनोबल उच्च राखौं, सामाजिक दुरी कायम गरौं कोरोनाबाट बच्न आफै सावधानी अपनाऔं ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, विचार/लेख
ट्याग : #बालिका पुष्पगुच्छा
तपाईको कमेन्ट लेख्नुहोस्