शनिबार बिहानै थपिए ३२ जना कोरोना संक्रमित

काठमाडौं । शनिबार बिहान नेपालमा थप ३२ जनामा कारोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो । ३२ जना थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । जहाँ १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष रहेका छन् भने २७ वर्षीया महिला रहेकी छन् ।
सर्लाहीको गडैतामा पनि थप १३ जनामा पुष्टि भएको छ । जसमा १८, २०, २०, २०, २१, २२, २३, २८, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरुष रहेका छन् । यसैगरी बाराको करैयामाईमा ३७ वर्षीय महिला तथा काठमाडौंमा ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षणमा गरिएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । गाउँपालिकाका २०, २०, २४, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यस्तै, भरतपुर प्रयोगशालामा गरिएकोे परीक्षण पनि चितवनको भरतपुर ६ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको छ । हालसम्म कोरोना संक्रमण पुष्टि भएकामध्ये ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु समेत भएको छ । खासगरी पछिल्लो समय भारतबाट नेपाल भित्रिएका ब्यक्तीहरुमा कोरोना भाइरस देखिरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्