Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

गण्डकी प्रदेशमा थपिए ३८ कोरोना संक्रमित, डोटीमा क्वारेन्टाइनमा एक जनाको मृत्यु


काठमाडौं । गण्डकी प्रदेशमा आइतबार बिहान थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना नयाँ संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्याङजाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय पुरुष गरी एकैदिन १३ जना कोरोना भाइरस देखिएको छ । स्याङजाकै भीरकोट नगरपालिकाका ४५ वर्षीय एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, बागलुङमा थप १० जनामा कोरोना भाइरस पुष्टि भएको छ । बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २६, २९ वर्षका पुरुषहरु छन् । बागलुङकै ढोरपाटन नगरपालिकामा पनि थप एक संक्रमित फेला परेका छन् ।

गोरखामा समेत एकै दिन १० जनामा कोरोना संक्रमित फेला परेका छन् । गोरखाको गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २३ र २१ गरी ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गोरखा जिल्लाकै पालुङटार नगरपालिकाका एक १७ वर्षीय युवकमा समेत कोरोना भाइरस पुष्टि भएको छ । त्यस्तै, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हुप्सेकोट गाउँपालिकाका २०, ३५, ४५ र ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । नयाँ संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभको संख्या १ सय १३ पुगेको छ । त्यसमध्ये बागलुङका २ र लमजुङका १ जना गरी ३ जना निको भई घर फर्किसकेका छन् । गण्डकीका मनाङ र मुस्ताङ बाहेक सबै जिल्लामा कोरोना भाइरस देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ७३ पुगेको छ ।
डोटीको क्वारेन्टाइनमा एक जनाको मृत्यु
डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको हो । भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका थिए । आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको हो । सो क्वारेन्टिनमा तीन महिला १० जना छन् । मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना भाइरस संक्रमण पुष्टि

तपाईको कमेन्ट लेख्नुहोस्