Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

सोमबार ३१४ जना संक्रमित भेटिए, संक्रमितको संख्या ४ हजार नजिक


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । नयाँ थपिएका संक्रमति मध्ये २ सय ९४ पुरुष र २० जना महिला रहेको नियमति पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
प्रदेश दुईमा थप १७४ संक्रमित भेटिए
प्रदेश नम्बर २ मा मात्रै थप १७४ जनामा कोरोना पोजेटिभ देखिएको छ । थपिएका संक्रमितहरु मध्ये १ सय ६७ पुरुष र ७ जना महिलामा कोरोना पोजेटिभ देखिएको हो । सप्तरीमा १६ जना, महोत्तरीमा १२, सलार्हीमा १ सय २० जना, रौतहटमा ११ जना, बारामा ७ जना र पर्सामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्णाली प्रदेशमा १६, कुल संक्रमित ६५७
कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमतिहरु दैलेखका १० जना, सल्यानका ५ जना र सुर्खेतका एक जना रहेका छन् । आज १६ जना संक्रमित थपिएसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ५७ पुगेको छ ।
भरतपुर अस्पतालमा २३ जनामा कोरोना पोजेटिभ
भरतपुर अस्पतालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुर अस्पतालले भतरपुर अस्पतालको प्रयोगशालामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । २ जना स्वास्थ्यकर्मी र एक जना आइसीयुमा भर्ना भएका बिरामीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । मध्ये पूर्वनवलपुरका ५ जना, धादिङका एकजना र अन्य संक्रमितहरु चितवनकै छन् । पूर्वनवलपुरकी ६३ वर्षकी एक महिला र ३३, ३९, २१ र४० वर्षका पुरुष छन् । यस्तै चितवन मेडिकलमा उपचारत २ जना छन् । २५ वर्षका पुरुष र ६६ वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको हो । यस्तै भतरपुर– ३ का ६८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी आइसियुमा उपचारत छन् । यस्तै धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ की ३२ वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भरतपुर क्यान्सर अस्पतालमा उपचारत एकजना ६२ वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी राजविराजकी हुन् । यस्तै भरतपुर महानगरपालिकाको वडा नम्बर ६ र २१ का २ जना महिला र २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
बर्दियामा थप १८ जनामा संक्रमण
बर्दियामा सोमबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिकाका २ जना, मधुवन नगरपालिकाका ४, बासगढी नगरपालिकाका ९ र ठाकुरबाबा नगरपालिकाका ३ जना गरी जम्मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । बारबर्दिया ७ का २ जना, मधुवन नगरपालिका ४ का ३ जना, ९ का १ जना, बासगढी नगरपालिका २ का ४ जना, वडा ६ का २ जना र वडा ७ र ९ का एक र एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी ठाकुरबाबा नगरपालिका ३ का २ जना र ४ का १ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार एकैसाथ १८ जनामा संक्रमण पुष्टि भएसँगै बर्दियामा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । संक्रमण पुष्टि भएका सबै जना पालिकाका क्वारेनटाइनमा बस्दै आएका थिए ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण

तपाईको कमेन्ट लेख्नुहोस्