Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

एकै दिन अहिलेसम्मकै धेरै जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ५ हजार नाघ्यो


काठमाडौं । नेपालमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी ४ सय ४८ जनामा कोरोना पोजेटिभ देखिएको छ । २४ महिलासहित ४ सय ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यतिधेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पुरुष ४ हजार ७ सय ९ र महिला ३ सय ५३ रहेका छन् । विराटनगर अस्पतामा गरिएको परीक्षणमा ९ जना, शिक्षण अस्पतालमा गरीएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा ८ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोसी अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा ८ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ८ जना, प्रदेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा पोजेटिभ दखिएको छ ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ४१ जनाको पोजेटिभ आएको छ । पछिल्लो २४ घण्टामा करिब ६ सय जनाको पीसीआर परीक्षण भएको छ । पीसीआर विधिबाट ५ हजार ९ सय २५ र आरडिटी विधिबाट ९ हजार ९ सय ९ जनाको नमुना परीक्षण भएको छ । अहिलेसम्म पीसीआर विधिबाट १ लाख २१ हजार ८ सय ६२ र आरडिटी विधिबाट १ लाख ८८ हजार ५२ जनाको नमुना परीक्षण भएको छ ।

देशभर क्वारेन्टाइनमा १ लाख ५८ हजार ५० जना रहेका छन भने आइसोलेसनमा ४ हजार १ सय ६९ जना उपचाररत रहेका छन् । शुक्रबार १६ जना डिस्चार्ज भएसँगै आजसम्म कूल ८ सय ७७ जना डिस्चार्ज भएका छन् । पछिल्लो एकसातामा २ सय, तीन सय हाराहारीमा संक्रमण देखिएकोमा शुक्रबार एकै दिन ४ सय ४८ जनामा कोरोना संक्रमित भेटिएपछि थप जोखिम पैदा भएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #बढी कोरोना पोजेटिभ

तपाईको कमेन्ट लेख्नुहोस्