कोरोना संक्रमणले भयावह रुप लिदैं, एकै दिन भेटिए ५८६ संक्रमित

काठमाडौं । नेपालमा अहिलेसम्मकै एकै दिन धेरै कोरोना भाइरस संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ८६ कोरोना संक्रमित थपिएका हुन् । यो संख्या पहिले भेटिएको भन्दा करिव डेढ सयबढी हो । यो सँगै नेपालमा संक्रमितको कूल संख्या सात हजार १ सय ७७ पुगेको छ । हालसम्म एक हजार १ सय ६७ जना कोरोनाको उपचार गरेर घर फर्किएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दै गएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना पोजेटिभ देखिइरहेको छ । क्वारेन्टाइन ब्यवस्थित नहुँदा संक्रमित संख्या पनि बढिरहेको छ । लकडाउन खुकुलो बनाएपछि सर्वसाधारणमा थप त्रास फैलिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्