पाल्पामा मात्रै थपिए ९३ कोरोना संक्रमित

काठमाडौं । पाल्पा जिल्लाका थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ३९ पुगेको छ ।
भरतपुर अस्पतालले बिहीबार बिहान जारी गरेको सूचनामा असार १० गते भएको आरटी पीसीआर परीक्षणमा पाल्पाका विभिन्न ठाउँबाट २ सय ३४ वटा नमुना परीक्षणका लागि आएकामा ९३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको उल्लेख छ । प्रदेश ५ मा बुधबार मात्रै पाल्पाका १४ जनासहित १ सय ८ जना नयाँ संक्रमित थपिएका थिए ।
प्रदेश ५ मा कारोना संक्रमितको संख्या २ हजार ९ सय ४ पुगेको थियो । पाल्पामा ९३ जना संक्रमित थपिएसँगै प्रदेश ५ मा संक्रमितको संख्या तीन हजार नजिक पुगेको छ । जिल्लागत रुपमा कपिलवस्तुमा ७०४, बाँकेमा ३५०, पाल्पामा ३३९, दाङमा ३२८, रुपन्देहीमा २६६, अर्घाखाँचीमा २५०, गुल्मीमा २४७, प्युठानमा १८४, बर्दियामा १५५, नवलपरासीमा ७८, रोल्पामा ४५ र रुकुमपूर्वमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्