नेपालमा थप ७४० जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थपिएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ८ सय २३ जनाले कोरोनाभाइरस जितेका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या ६ हजार १ सय ४३ पुगेको छ ।
त्यस्तै, कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको असार १७ गते मृत्यु भएकोमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । ९ हजार ८४ जनाको आइसुलेसनमा उपचार भइरहेको छ । क्वारेन्टिनमा ३५ हजार ४ सय ७२ जना रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म २ लाख ५२ हजार २ सय ४७ पिसिआर परिक्षण भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोनाभाइरस संक्रमण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्