काठमाडौं उपत्यकामा बढ्यो जोखिम, एकै दिन ५४ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । सोमबार मात्रै काठमाडौं, भक्तपुर र ललितपुर गरी ५४ जनामा कोरोना भाइरस भेटिएको हो । काठमाडौंका २४, ललितपुरका २० र भक्तपुरका १० जनाको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उपत्यकाभन्दा बाहिर रहेका र विदेशबाट स्वदेश फर्कनेको संख्या बढेसँगै उपत्यकामा संक्रमितको संख्या पनि बढ्न थलेको हो ।
विभिन्न मुलुकमा अलपत्र परेकाको उद्धारमा खटिएको नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण फेला परेको छ । त्यसमध्ये ३ जना पाइलट र ११ जना क्याविन क्रुका कर्मचारी रहेको नेपाल वायुसेवा निगमले जनाएको छ । उनीहरु अलपत्र परेकाको उद्धारमा खटिएका थिए ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । उनीहरुमध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ८ सय ११ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २ सय ६४ रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ८ सय ११ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरस
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्