ह्वात्तै बढ्यो कोरोना भाइरस संक्रमण, काठमाडौं उपत्यकामा मात्रै ५३ जना भेटिए

काठमाडौं । लकडाउन खुकुलो भएसँगै नेपालमा कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । करिव दुई सातासम्म २ सय ननाघेको कोरोना संक्रमण मंगलबार भने ३ सय ११ जनामा देखिएको हो । उपत्यकामा मात्र ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीको हेडक्वाटरमा मात्रै १४ जनामा कोरोना संक्रमण भएको छ । काठमाडौं उपत्यकामा मात्र ५३.जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप १ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ सय २१ जना उपचारपछि निको भएर डिस्चार्च भएका छन् । यो संगै डिस्चार्च हुनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ ।
देशका विभिन्न अस्पतालमा ५ हजार १ सय २९ जना सक्रिय संक्रमितको उपचार भैरहेको छ । नेपालमा थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । देशभरका २७ वटा प्रगोशालाबाट पछिल्लो २४ घण्टामा ५ हजार ३२ वटा परिक्षण सम्पन्न भएको छ । २ वटा जिल्लाहरु रौतहट, कैलालीमा ५सय भन्दा बढी संक्रमित रहेका छन । ५ वटा जिल्लाहरु संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमणको जोखिम उच्च रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौ उपत्यका छिर्ने ३ वटा नाकाबाट नमुना परिक्षणको लागि नमुना कलेक्सन भैरहेको जनाएको छ । र्फपिङ नाकाबाट ९ सय ५५, थाङकोट नागढुंगा नाकाबाट २ हजार ९ सय १४ सागा नाकाबाट ९ सय ४४ गरि ४ हजार ८ सय १३ जनाको आरडिटि परिक्षणको लागि नमुना लिइएको छ । अहिलेसम्म कूल ६ लाख ६४ हजार ७ सय ९ वटा कोरोना परीक्षण सम्पन्न भएको छ । तिमध्ये ३ लाख ५२ हजार ३ सय ७ वटा पिसिआर र ३ लाख १२ हजार ४ सय २ वटा आरडिटी परिक्षण सम्पन्न भएको छ । अहिले देशभरका २७ वटा प्रयोगशालमा कोरोना परिक्षण भइरहेको छ । अहिले देशभरका क्वारेन्टिनमा १५ ३ सय ३१ जना रहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्