फेरि लकडाउन गर्ने तयारीमा प्रधानमन्त्री ओली, बिज्ञको सुझाव १५ दिन लकडाउन गर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य बिज्ञहरुले लकडाउन गर्न सुझाव दिएका छन् । पछिल्लो चरणमा काठमाडौं उपत्यकामा कोरोना संक्रमणको संख्या ह्वात्तै बढेपछि प्रधानमन्त्री ओलीले प्रतिपक्षदल सहित स्वस्थ्य बिज्ञलाई परामर्शका लागि बालुवाटार बोलाएका थिए । देशभर कोरोना जोखिम बढेको भन्दै दुई साता कडा लकडाउन गर्न प्रधानमन्त्री ओलीलाई उनीहरुले सुझाव दिएका हुन । एक महिनाको तथ्याङकमा कोरोना संक्रमणदर केही कम देखिएपनि सोमबारदेखि पुन नेपालमा कोरोना संक्रमित ह्वात्तै बढेपछि प्रधानमन्त्री ओलीले प्रतिपक्ष दल सहित स्वास्थ्य बिज्ञहरुसँग परामर्श गरेका हुन् । स्वास्थ्य बिज्ञको सुझावमा आधारमा प्रधानमन्त्री ओली फेरि कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउन गर्ने मनस्थितिमा पुगेका छन् ।
प्रधानमन्त्री ओलीले विज्ञलाई बोलाएर मंगलबार गरेको परामर्शमा सहभागीले परिस्थिति थप बिग्रँदै गएको भन्दै लकडाउनको विकल्प नभएको बताएपछि प्रधानमन्त्री ओली लकडाउन गर्नमा सकरात्मक देखिएका हुन् । प्रधानमन्त्री ओलीले बढ्दो भिडभाड तथा स्वास्थ्य सुरक्षाका कुनैपनि मापदण्ड नअपनाइरहेको भन्दै चरम लापरबाही भइरहेको परामर्श बैठकमा बताएका थिए । जनस्वास्थ्यविद् डाक्टर रवीन्द्र पाण्डेले विज्ञहरुले १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाएको बताए । केही विज्ञले भने कोरोना अहिले नै नियन्त्रणमा आउन सक्ने अवस्था नरहेको र २–३ वर्षपनि लम्बिन सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाएर अवस्थालाई सहजतातिर लैजानु पर्ने धारणा राखेका थिए ।
बैठकपछि अर्का जनस्वास्थ्यविद डाक्टर समिरमणि दीक्षितले देशभर लकडाउन गर्नुको साटो संक्रमण बढी भएका स्थानमा लकडाउन गर्नुपर्ने र अन्य स्थानमा व्यवस्थित बनाउँदै लैजानुपर्ने सुझाव दिएको बताए । दिक्षितले समग्रमा लकडाउन गर्दा आर्थिक लगायतका गतिविधि ठप्प हुनसक्ने र त्यसले थप मार खेप्नुपर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने आफ्नो सुझाव रहेको जानकारी दिए । सवैको सुझावका आधारमा प्रधानमन्त्री ओलीले सीसीएमसी, स्वास्थ्य मन्त्रालयसँग समेत छलफल गरेर लकडाउनको मोडालिटी तयार गरिने बताएका थिए । उनले नेपाल र नेपाली कोरोनाको संकट मात्र नभएर विभिन्न संकटहरु पार गर्दै आएकाले यो संकटलाई पनि पार लगाउने विश्वास व्यक्त गरेको बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा, #लकडाउन गर्न सुझाव
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्