Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

२३ औं दिनमा इनफ इज इनफका अगुवाले तोडे अनसन, सरकारसँग १२ बुँदे सहमति


काठमाडौं । सरकारले कोरोना भाइरस परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आमरण अनसन तोडेका छन् । कोरोना भाइरसको महामारीविरुद्ध सरकारी अभियान प्रभावकारी हुनु पर्ने मागसहित सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियानका अगुवाले अनशन तोडेका हुन् ।

सरकारले कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउनका लागि गरिने परीक्षणको दायरा फराकिले बनाएको तथा संक्रमण नियन्त्रणका लागि पहल प्रभावकारी बन्न थालेको निष्कर्षसहित ईशान अधिकारी ‘ई’ ले बिहान २३ औँ दिनमा अनशन तोडेका छन् । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समीर अधिकारीले उनलाई पानी खुवाएर अनशन तोडाए ।

स्वास्थ्य मन्त्रालय र अनशनमा बसेका इनफ इज इनफका अभियन्ताबिच स्वास्थ्यकर्मीलाई पीपीई अभाव भएमा मन्त्रालले तत्काल उपलब्ध गराउने, कोरोना भाइरसको संक्रमण नियन्त्रणमा हालसम्म भएको खर्च विवरण चाँडै सार्वजनिक गर्नेसहितका १२ बुँदे सहमति भएको छ । इनफ इज इनफका अभियन्ता यसअघि पनि अनशन बसेका थिए । यसअघिको अनशन पनि १२ बुँदे सहमति भएपछि तोडिएको थियो । तर, सो सहमति कार्यान्वयन नभएपछि ईशान अधिकारी पुनः अनशनमा बसेका थिए ।

अनसन तोडिएपछि इनफ इज इनफले जारी गरेको प्रेस विज्ञप्तिमा युवाहरुको स्वतःस्फूर्त अभियानको उपलब्धीस्वरुप पीसीआर परीक्षणको संख्या र दायरा वृद्धि भएको, कोरोना रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले तयार गरेको निर्देशिका तथा कार्यविधिहरुको कार्यान्वयन, प्रचार–प्रसार गर्ने गराउने काममा सकारात्मक पहल भएको उल्लेख गरिएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #इनफ इज इनफ, #ईशान अधिकारी ‘ई’, #परीक्षणको दायरा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं