बुधबार मध्यरातबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं । उपत्यकामा दैनिक कोरोना संक्रमित थपिदै गएपछि बुधबार मध्यरातबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
आजमात्रै उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म काठमाडौँ उपत्यकामा संक्रमितको संख्या २५ सय हाराहारी पुगिसकेको छ । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #उपत्यकामा निषेधाज्ञा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्