बाढी प्रभावित क्षेत्रमा धान बाली माडेर गृहमन्त्रीको भाषण, आफ्नै बाली नष्ट भएको टुलुटुलु हेर्दै स्थानीय

काठमाडौं । जिल्लामा ठूलो धन जनको क्षति हुने गरी आएको बाढी अवलोकणका लागि गृहमन्त्री रामबहादुर थापा सहितको टोली अछाम पुग्यो । राहात उद्धारमा गएको टोलीमा मन्त्रीको लस्कर नै थियो । तर, जिल्लाको रामारोशन गाउँपालिकामा आएको बाढी पुर्याएको मानवीय र भौतिक क्षतिपछि प्रभावित क्षेत्रमा पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले स्थानीयलाई सम्बोधन पनि गरे । तर, धानबाली माडेर ।
भदौ ३ गते बाढी आएपछि दुई दिनपछि भदौ ५ गते गृहमन्त्री रामबहादुर थापा, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्व उपप्रधानमन्त्री भीम रावल सहितको टोली हेलिकोप्टरमा प्रभावित क्षेत्रमा पुगे । स्थानीय कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका ५ सैनीबजारमा १७ जना बेपत्ता भएका छन् । २५ घर तथा पसल बगेपछि स्थानीयको बिचल्ली छ ।
राहात वितरणका लागि पुगेको मन्त्रीको लस्करले लहलहाइरहेको धान माडेर कार्यक्रम नै गरेर फर्किएको तस्वीर बाहिरिएका छन् । गृहमन्त्रीसहितको टोली कार्यक्रममा सहभागी भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । कतिपयले कार्यक्रम गर्न ठाउँ नपाएरै धानबाली माड्नुपरेको भन्दै गृहमन्त्रीसहितको टोलीको चर्को बिरोध गरिरहेका छन् । पिडितका लागि राहात र राज्यको उपस्थित देखाउन पुगेको टोलीले धानबाली नै नष्ट हुनेगरी गरिएको कार्यक्रमले स्थानीयलाई खुसी भन्दा पनि दुखी बनाइरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #गृहमन्त्री रामबहादुर थापा, #भीम रावल, #रामारोशन गाउँपालिका
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्