१ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ हजार १७३ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ । आइतबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले उक्त जानकारी गराएका हुन् । मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ सहित देशैभर १ हजार ३९ जना संक्रमित थपिएका हुन् । यसैबीच आज थप ९ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ सय ४५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ७३ जना निको भएका छन् यो सँगै निको हुनेको कुल संख्या ३८ हजार ६ सय ९७ पुगेको छ । सरकारले कोरोनाभाइरस लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएकोमा अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको हो ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी दिए । सरकारको यो निर्णयसँगै अब निजी तथा सशुल्क परीक्षणका लागि तोकिएको ल्याबहरुले २ हजार भन्दा बढी शुल्क लिन नपाउने बताए ।
आइतबार देशभर सक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७ सय ३० र होम आइसोलेशनमा ७ हजार ३ सय ८७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ९ हजार १ सय ८५ जनाको पिसिआर परिक्षण भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोनाभाइरस संक्रमण, #सशुल्क परीक्षण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्