अहिलेसम्मकै उच्च संक्रमण, एकैदिन २ हजार २० कोरोना संक्रमित फेला

काठमाडौं । सरकारले असोज १ गतेदेखि अधिकांश क्षेत्रहरु खुला गर्ने निर्णयसँगै नेपालमा कोरोना संक्रमण ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा अहिले सम्मकै सबै भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । यसअघि १५ सय ५९ जना कोरोना संक्रमित थपिएका थिए । देशका विभिन्न ल्यापहरुबाट ११ हजार ४ सय ९८ वटा पीसीआर परिक्षण गर्दा काठमाडौ उपत्यकामा ८ सय ५९ जना सहित देशैभर २ हजार २० जना संक्रमित थपिएका हुन् । काठमाडौमा पनि अहिले सम्मकै उच्चदरमा संक्रमित थपिएका छन् ।
काठमाडौमा ६ सय ९८ भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका मध्ये ६ सय ३९ जना महिला र १३ सय ८१ जान पुरुष छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । यस्तै आज थप ७ जनाको मृत्यु भएको छ । मृतक काठमाडौका २ मोरङका २ भक्तपुरका १ ललितपुर र नवलपरासीका १ जना गरी ७ जनाको मृत्यु भएसंगै मृतकको कुल संख्या ३ सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय ७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो ७१ दशमलव १० प्रतिशत हो । यो संगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका शहरी क्षेत्रमा कोरोना संक्रमितको संख्या उच्च हुँदै गएकोले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । पछिल्ला दिनहरुमा लकडाउन खुकुलो हुँदा झनै भिडभाड बढ्नुको साथै विभिन्न क्षेत्रमा नारा जुलुस जस्ता गतिविधि बढेको हुँदा यस्ता कार्य नगर्न नगराउन अनुरोध समेत गरिएको छ ।
शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८२ रहेको छ । संक्रमितमध्ये १ सय ७३ आईसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै संस्थागत आइसोलेशनमा ९ हजार २ सय २५ र होम आइसोलेशनमा ८ हजार ८८ जना रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #उच्च संक्रमण, #कोरोना संक्रमण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्