वामदेव गौतमविरुद्ध परेको रिटमाथि बुधबार सर्वोच्चमा सुनुवाई

काठमाडौं । सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटमाथि आज सुनुवाई गर्ने भएको छ । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइनु संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाई हुन लागेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमविरुद्ध रिट दायर गर्नुभएको थियो । गौतमलाई राष्ट्रिय सभामा लगेर जनताको अभिमतको अपमान गरिएको त्रिपाठीको जिकीर छ । नेकपाले संविधानको जालसाजी एवं कपटपूर्ण प्रयोग गरेर गौतमलाई राष्ट्रियसभामा लगेको उनको आरोप छ । गत भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनित गरेकी थिइन ।
गौतमलाई राष्ट्रिय सभामा ल्याइनु जनअभिमतको गम्भीर अपमान हुनुका साथै संविधानको धारा २ को स्पष्ट उल्लंघन भएको रिट निवेदनमा जनाइएको छ । धारा २ मा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको कुरा उल्लेख छ । संविधानको धारा ७५ ले कार्यकारिणी अधिकार मन्त्रिपरिषद्लाई प्रदान गरेको भए पनि त्यसको प्रयोग विवेकहीन तथा स्वेच्छाचारी ढंगले हुन नसक्ने रिट निवेदनमा दाबी गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #राष्ट्रिय सभा, #वामदेव गौतम, #सर्वोच्च अदालत
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्