एकैदिन कोरोनाबाट १७ जनाको मृत्यु, १ हजार ४ सय ९७ संक्रमित

काठमाडौं । कोरोनाबाट एकैदिन १७ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृतकको संख्या ४ सय ५३ पुगेको छ। ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मोरङमा ५५ वर्षीया महिला, झापामा ७८ वर्षीय पुरुष, सुनसरीमा ८१ वर्षीया महिला, धनुषामा ६८ र ७० वर्षीय पुरुष, रौतहटमा ६५ वर्षीय पुरुष, भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै, धादिङमा ३२ वर्षीया महिला, तनहुँमा ३९, दाङमा ३९, कपिलवस्तुमा ५० र नवलपरासीमा ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।
काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या १९ हजार नाघेको छ । बिहिबार थप ७ सय ५५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएसँगै उपत्यकामा कुल संक्रमितको संख्या १९ हजार ३ सय ३१ पुगेको हो । काठमाडौंमा संक्रमितको संख्या १५ हजार ७ सय ६२, भक्तपुरमा १७ सय ४२ र ललितपुरमा १८ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर यस्तै १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६ सय १४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८ सय २३ जना रहेका छन् । ११ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा ५ सय १३ महिला र ९ सय ८४ पुरुषमा संक्रमण देखिएको हो । बिहिबार ४ सय ५७ जना संक्रमित डिस्चार्ज भएका छन ।
प्रदेश नम्बर १ मा ४ हजार ६ सय, प्रदेश नम्बर २ मा १२ हजार ८ सय ५, बागमती प्रदेशमा ३ हजार ७२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ४८ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ८ सय २५, कर्णाली प्रदेशमा २ हजार ७ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ३ सय ७० गरी देशभरी ५० हजार ४ सय ११ जना संक्रमित डिस्चार्ज भएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना, #कोरोनाभाइरस संक्रमित
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्