एक जनालाई तीन किलो प्याज, मुल्य ६० रुपैयाँ

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ६० रुपैयाँमा प्याजको बिक्रीवितरण थालेको छ । लिमिटेडले थापाथली बिक्री कक्षबाट प्रतिकिलो ६० रुपैयाँमा सर्वसाधारणलाई प्याज बिक्री सुरु गरेको जानकारी दिएको हो । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई बिक्री गर्न लागेको प्याजलाई जफत गरी बजार मूल्यमा बिक्री गरेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार थापाथली बिक्री कक्षबाट बजार अनुगमनका क्रममा बरामद गरिएको १४ हजार ६ सय किलो प्याज सर्वसाधारणलाई प्रतिकिलो ६० रुपैयाँमा उपलब्ध गराइनेछ ।
एक जनाले यहाँबाट तीन किलोसम्म प्याज गरिद गर्न पाउनेछन् । प्याज विक्रि वापतको ५२ रुपैयाँ राजस्व र ८ रुपैयाँ खाद्य कम्पनीको खातामा जम्मा गरिनेछ । काठमाण्डौ उपत्यकामा प्याजको मूल्य १ सय २० सम्म पुगेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमन गरेर कालोबजारी गर्नेहरुमाथी कारबाहीको थालनी गरेका थिए ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #खाद्य व्यवस्था तथा व्यापार कम्पनी, #राजस्व
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्