मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त, खतिवडा अमेरिका र रेग्मी बेलायतको राजदूतमा सिफारिस

काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । मुख्सचिव लोकदर्शन रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएपछि बैरागीलाई मुख्यसचिवमा नियुक्त गरिएको हो ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत नियुक्त गरेको छ । त्यसअघि मुख्यसचिव रेग्मीले कार्यकाल सकिनु अघि नै पदबाट राजीनामा दिएका थिए ।
मन्त्रिपरिषद् बैठक चल्दै गर्दा प्रधानमन्त्री ओलीले रेग्मीको राजीनामा स्वीकृत गरे लगत्तै रेग्मीलाई बेलायत र पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएको हो । यसअघि प्रधानमन्त्री ओलीले खतिवडालाई आफनो आर्थिक सल्लाहकार समेत बनाएका थिए । त्यस्तै, सरकारले साउथ अफ्रिकाका लागि निर्मल कुमार विश्वकर्मालाई पनि राजदूतमा सिफारिस गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री ओली, #मुख्यसचिवमा शंकरदास बैरागी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्