नेकपा कर्णाली प्रदेशका नेताहरु काठमाडौंमै अलमलमा,ओली र दाहालले नै दिएनन् ठोस निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपाको कर्णाली प्रदेशको बिवाद अझै मत्थर भएको छैन । बरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा सांसदहरुको साथले मुख्यमन्त्री शाही कुर्सी बचेपनि बिवादलाई निकास दिनेमा पार्टी अध्यक्षद्धयसँगै प्रदेशका सांसदहरु अझसम्म अलमल देखिएका छन् । नेकपा कर्णाली प्रदेशका नेताहरु यतिबेला काठमाडौंमा छन् । प्रदेशको बिवाद समाधानका लागि पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले बोलाएपछि काठमाडौं आएको पनि ४ दिन बित्यो । तर, उनीहरु कहिले निकास निस्कीने र कहिले प्रदेश फर्किने भन्नेमै अन्यौल छन् ।
असन्तुष्टिलाई सम्बादवाटै समाधान गराउने र त्यसपछि मात्रै प्रदेश फर्किने भन्ने आश्वासन पाएका नेताहरुसँग अध्यक्षद्धयले सामुहिक भेटवार्ता समेत गरेका छैनन् । गुटगत असन्तुष्टि मिलाउन गुटगत सम्बाद गरेका अध्यक्षद्धय समेत विवाद कसरी मिलाउने भन्नेमै अन्यौल छन् । प्रदेशका सांसदहरुले नै मन्त्रिमण्डल विस्तार र पद बाँडफाडको बिषयमा चुलिएको लामो समयदेखिको असन्तुष्टि मिलाउन नेकपा केन्द्रले नै हस्तक्षपकारी भूमिका खेल्नुपर्ने माग गरेपछि अध्यक्षद्धयले कर्णाली प्रदेशका नेताहरुलाई काठमाडौं बोलाएका थिए ।
मुख्यमन्त्री बिरुद्धको अविश्वासको प्रस्ताव यथास्थितिमा राख्न भन्दै लिखित रुपमै आग्रह गरेका अध्यक्ष द्धयले विवादको कारण र निवारमा भने खासै चासो नदिएको प्रदेशका नेताहरु नै बताउँछन् । काठमाडौं बस्नुस भन्ने बाहेक यसरी समाधान खोजौँ बिवाद यो रहेछ भन्नेबारे अध्यक्षद्धयले प्रदेशका नेताहरुसँग निकास उन्मुख संवाद नै गर्न सकेका छैन । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाउँदा अर्का अध्यक्ष दाहाल उपस्थित भएका छैनन भने खुमलटारमा हुने भेलामा समेत प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली सहभागी भएका छैनन । यो संवादहिनताको अवस्थाले कर्णाली प्रदेशको बिवाद मात्रै होइन, मन्त्रिमण्डल पुर्नगठन, एकिकरणका बाँकी प्रक्रिया पुरा गर्नमा समेत ढिलाई भइरहेको छ ।
अझ, केही दिनअघि मात्रै प्रधानमन्त्री ओलीले आफ्नो गुटका तीन जना नेतालाई पार्टीका नेताहरुको सल्लाहबिनै मन्त्री बनाएको बिषयले समेत नेकपामा असन्तुष्टि बढाएको छ । कतिपय नेताहरु त केन्द्रको काम र प्रदेशको समस्या एकैपटक सतहमा आउदा समस्या समाधानमा ढिलाई भएको हुनसक्ने बताउँछन । एकसाता अघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नै पार्टीका १८ जना सांसदले हस्ताक्षर सहित संसदीय दलमा अविश्वास प्रस्तावको सामना गर्नुपरेको थियो ।
यद्यपी पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा ७ जना सांसदले शाहीलाई साथ दिने सहमति जुटेसँगै नेकपाको समिकरण नै परिवर्तन भयो । यसरी कर्णाली प्रदेशमा फेरिएको समिकरण कायमै रहेको बिवाद काठमाडौंसम्म मात्रै होइन पाँच प्रदेशमा बिस्तार हुने देखिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले त प्रदेश सरकारले केन्द्रकै आदेश मान्नुपर्ने भन्दै सबै प्रदेशमा हस्तक्षप गर्ने संकेत गरेका छन् । बिवाद मिलाईदिने अध्यक्ष द्धयको आश्वासनका भरमा काठमाडौं आएका कर्णाली प्रदेशका नेताहरु कहिलेसम्म बरालिनुपर्ने हो अनिश्चित छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कर्णाली प्रदेश, #सत्तारुढ दल नेकपा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्