राजस्व आम्दानी र चालु खर्चबीच साँढे १० अर्ब रुपैयाँ बराबरको अन्तर

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सरकारको राजस्व आम्दानी र चालु खर्चबीच साँढे १० अर्ब रुपैयाँ बराबरको अन्तर देखिएको छ । १ खर्ब ७२ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ भने यस अवधिमा सरकारको चालु खर्च नै १ खर्ब ८२ अर्ब ८५ करोड रुपैयाँ पुगिसकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सरकारलाई राजस्व आम्दानी कमी हुँदा चालु खर्चमा समेत विदैशिक सहायता वा अन्य आम्दानीतर्फको स्रोतबाट व्यवस्थापन गर्नुपरेको देखिन्छ ।
असोजसम्ममा सरकारले कुल २ खर्ब १ अर्ब ३७ करोड रुपैयाँ खर्च गरिसकेको छ । यस अधिसम्ममा सरकारको कुल प्राप्ती १ खर्ब ९९ अर्ब ९४ करोड रुपैयाँ मात्रै रहेको छ । अर्थात, कुल प्राप्ती र कुल खर्चबीच समेत १ अर्ब ४३ करोड रुपैयाँको अन्तर हुन पुगेको छ । देशको आर्थिक तथ्याङकमात्रै हेर्नेहो भने निरपेक्ष रुपमा अर्थतन्त्र राम्रो छ, तर त्यो यर्थातमा देशको अर्थतन्त्र सकारात्मक भने नभएको अर्थविद् चन्द्रमणी अधिकारीले बताएका छन् । भदौसम्म आयात २२ दशमलव १ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सरकारको खर्च भने ठीक उल्टो ३० अर्ब रुपैयाँले वृद्धि हुन पुगेको छ ।
गत वर्षसँग तुलनामा आन्तरिक आम्दानी र खर्चबीचको असन्तुलन ४६ अर्ब रुपैयाँको देखिएको छ । पहिलो ३ महिनामा चालू तथा प्रशासनिक खर्च १ खर्ब ८७ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ बराबर भएको छ । गत वर्ष यही अवधिमा १ खर्ब ५७ अर्ब ४६ करोड ८८ लाख रुपैयाँ चालू तथा प्रशासनिक खर्च भएको थियो । महालेखाको विवरणअनुसार तीन महिनाको अवधिमा १६ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरको मात्रै पुँजीगत खर्च भएको छ । चालु आर्थिक वर्षमा सरकारले पूँजीगत खर्चका लागि ३ खर्ब ५३ अर्ब रुपैयाँ छुट्टाएको छ । पहिलो त्रैमासिकमा कामै हुन नसकेकाले यो वर्ष पनि वर्षान्तमा छरछार पारेर खर्च गर्ने प्रवृत्तिले निरन्तरता पाउनेछ । महालेखाको तथ्यांकअनुसार, पहिलो त्रैमासिकमा सरकारको कुल खर्च १३ दशमलव ६४ प्रतिशत छ ।
यो वर्षका लागि सरकारले १४ खर्ब ७४ अर्ब खर्च गर्ने लक्ष्य राखेकोमा ३० असोजसम्ममा २ खर्ब १ अर्ब मात्रै खर्च भएको छ । यसमध्ये नियमित प्रकृतिका तलबभत्ता, स्थानीय तहको अनुदान आदिमा खर्च हुने चालु रकम १ खर्ब ८३ अर्ब रुपैयाँ खर्च भएको छ । असोज मसान्तसम्ममा सरकारको आम्दानी १ खर्ब ९९ अर्ब ९३ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको पहिलो त्रैमासका तुलनामा यो वर्ष राजस्व करीब १७ अर्ब रुपैयाँले घटेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #चालु आर्थिक वर्ष
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्