किन भयो नेकपा अध्यक्षद्धयबीच भेटवार्ता बन्द, यस्ता छन् पछिल्ला विवादका श्रृखला

काठमाडौं । भदौं २५ मा समस्या समाधान सुझाव कार्यदलले बुझाएको प्रतिबेदनका आधारमा स्थायी कमिटि बैठकले सरकार र पार्टी सञ्चालन छलफल र सम्बादपछि मात्रै गर्ने निर्णय गर्यो । नेकपा विवाद समाधान भयो भन्ने देखाउन सचिवालय बैठक पेरिसडाँडाको कार्यालयमा समेत बस्यो । त्यसपछि पार्टी एकताका बाँकी काम टुंगो लगाउने भन्दै अध्यक्षद्धय ओली र पुष्पकमल दाहालबीच दैनिक जसो बालुवाटारमा घण्टौं छलफल पनि चल्यो । सहमति नजिक छौं भन्दै दैनिक गरिने छलफलले निकास भने कहिल्यै दिएन ।
मन्त्रीमण्डल पुर्नगठन र मुख्यमन्त्री फेरबदलमै सहमति जुट्न नसकिरहेका बेला प्रधानमन्त्री ओलीले असोज १५ गते पार्टीमा सल्लाह विनै राजदूतहरु नियुक्त गरे । त्यसपछि केही मत्थर देखिएको नेकपाको विवाद फेरि बल्झियो । कार्तिक ४ गतेपछि नेकपाका अध्यक्षद्धय ओली र दाहालबीच सम्बाद नै भएको छैन् । तर, संवादहिनता तोड्न प्रधानमन्त्री ओलीले कसरत गरिरहेका छन् । महासचिव बिष्णु पौडेल र नेता सुबासचन्द्र नेम्बाङलाई खुमलटार पठाएर ओलीले छलफलका लागि अध्यक्ष दाहाललाई फकाउने प्रयास गरेका छन् । तर, अध्यक्ष दाहाल पटक–पटक निर्णय उल्टाएको भन्दै बालुवाटारमा एक्लै छलफलका लागि नजाने अडान लिएका छन् ।
के–के छन् त नेकपाभित्र पछिल्ला विवादित बिषय
१.एक्लौटी रुपमा राजदुतको नियुक्ति
२. सल्लाह विनै मन्त्रिपरिषद् हेरफेर
३.कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव
४.कर्णालीमा दाहाल र माधव कुमार नेपालको नयाँ समिकरण
५.कार्तिक ५ गते राती प्रधानमन्त्री ओलीसँग भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलको २ घण्टा लामो गोप्य भेटवार्ता
६.पर्सा विन्दवासिनी गाउँपालिकाको सपथ कार्यक्रममा दुई पक्षीय झडप, कमिटी सचिव उमेश चौरसियाको हत्या प्रकरण
पटक–पटक प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्झौता उलंघन गरेपछि पार्टीभित्रको विवाद झनै झाँगिदै गएको छ । भदौ २५ गतेको स्थायी कमिटि बैठकले मन्त्रीमण्डल पुर्नगठनदेखि बिभिन्न नियुक्ति आपसी सल्लाहमा गर्ने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले एक्लौटी ढंगले अघि बढेपछि नेकपाभित्रको विवाद झनै झाँगिदै गएको हो ।
केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्म विवाद पुग्दा कार्तिक ४ पछि नेकपामा छलफल तथा संवाद नै हुन सकेको छैन् । ओली–दाहालबीच भेटवार्ता नै रोकिएपछि मगंलबार माधव नेपाललाई बालुवाटार बोलाइयो । करिव १ घण्टा छलफल भएपनि ओलीलाई साथ दिन नेपाल तयार नभएपछि पुन कार्यकारी अध्यक्ष दाहाललाई नै फकाउनुपर्ने बाध्यतामा ओली परेका छन् । तर, एकलौटी रुपमा अघि बढ्ने कार्यशैली र बारम्बार पार्टी निर्णय उल्लंघन गर्ने कारणले प्रधानमन्त्री ओलीसँग शिर्ष नेताहरु चिढिदा नेकपाभित्रको विवाद थप जटिलतातर्फ धकेलिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा, #सचिवालय बैठक
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्