Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

खुलेनन् अन्तराष्ट्रिय उडान, चार्टर मात्र गर्दा जनतालाई भार


काठमाडौं । सरकारले गत भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेको थियो । यसअघि विभिन्न मुलुकबाट चार्टर्ड उडानमात्र हुदै आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार बन्दाबन्दी र त्यसपछि निषेधाज्ञाको अवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय चार्टर उडानमा मात्र भएको थियो । चार्टरमात्र गर्दा जनतालाई भार पर्यो भनेर गुनासो आएपनि सुरक्षाको मापदण्ड अपनाएरु दैनिक रुपमा जहाज उडान सुरु भयो, तर, यहाँको जनशत्ति र क्षमताका कारण निकै कममात्रामा उडान भएको छ त्यो अनुसार यसलाई अत्याबश्यक समयमा उडान भरेको भन्नु उचित हुने महाप्रबन्धक केसीले बताए ।

महाप्रबन्धक केसीका अनुसार अहिले अत्याधिक दैनिक १९ वटा अन्तराष्ट्रिय र ५९ वटा आन्तरिक उडान भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित र चार्डर्ड दुबै उडानको तालिका सार्वजनिक गरेपनि सो अनुसार उडान भर्न कठिनाई भएको प्राधिकरणले जनाएको छ । विमानस्थललाई कोभिड–१९ सक्रमणबाट बचेर सुरक्षित उडान गर्नुपर्ने एकातिर छ भने अर्कोतिर थोरै उडान सञ्चालन भए पनि जनशक्ति र संरचना उत्तिकै खर्चनु पर्ने अबस्था रहेको छ । यसले विमानस्थलको खर्च, समय र जनशक्ति पनि बढी

व्यवस्थापन गर्नुपर्ने भएकाले केही असहज भएको महाप्रबन्धक केसीको भनाई रहेको छ । दैनिक १० उडान हुने भारतको उडान खुलेको छैन भने ८ वटा उडान हुने चीनको पनि बन्द भएको अबस्थामा अहिले अत्याबश्यक र केही उडानमात्र सञ्चालन गर्न सकिएको बताए । कोभिड–१९ को सक्रमण नियन्त्रणका लागि भन्दै देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि हवाई उडानहरु नियमित रुपमा अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान सुचारु भएपनि विविध कारण पूर्ण रुपमा हुन सकेको छैन ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अन्तराष्ट्रिय उडान

तपाईको कमेन्ट लेख्नुहोस्