रोकिएन ढोलाहिटी सुनाकोठी सडकखण्डमा आन्दोलन,जनप्रतिनिधि किन मौन

काठमाडौं । लामो समय देखि सडक निमार्ण नहुदा ललितपुर महानगरपालिका २७ नम्बर वडाका स्थानीयले वर्षामा हिलो र हिउदमा धुलो हुने सडकका कारण आजित भएपछि गत असारमा स्थानियले बाजागाजा सहित वडा कार्यलय सगै रहेको सडकमा रोपाई कार्यक्रम नै गरेका थिए । स्थानियहरुको निरन्तरको विरोधपछि उक्त सडकखण्ड निमार्णको जिम्मा पाएको शैलुङ कन्स्ट्रक्सन कम्पनी,वडाध्यक्ष र प्रदेश सभा सांसद सहभागि बैठकले असोज १ गतेदेखि बाटो कालोपत्रे सुरू गर्ने सहमति गरेका थिए ।
सहमती अनुसार यतिबेला ढोलाहिटी सुनाकोठी सडकखण्ड कालोपत्रे भईसक्नुपर्ने थियो । तर, उक्त सहमति पछि ठेकदार कम्पनी नै सम्पर्कमा आएन । फेरि स्थानियले कोरोना भाईरसले भन्दा धुलो र धुवाले मर्ने भईयो भन्दै पुन सडक बन्द गरेका छन । एकसातादेखि बिहान ७ बजेदेखि बेलका ५ बजे सम्मका लागि सडकखण्ड अनिश्चीतकालका लागि बन्द छ । असोज एक गते बाट कालोपत्रे गर्ने भनिएपनि कार्तीक महिना बित्नै लागिसक्दा समेत उक्त सडकखण्ड निमार्णमा ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले कुनै काम नै सुरु गर्ने तयारी गरेको छैन । अर्कातर्फ स्थनियले दिनहुँ कडा आन्दोलनका कार्यक्रहरु सार्वजनिक गरीरहेका छन । जसका कारण ठेचो, चापागाउँ, लेले, भटेडाडा, आश्रङ, गिम्दी, गोठीखेल लगायतका दक्षिण ललितपुरका सर्वसाधारणहरुलाई समेत समस्या परेको छ ।
सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी नामले समेत चिनिएका शारदाप्रसाद अधिकारी यो सडक खण्डको ठेकदार हुन् । प्रचण्ड बसेको अधिकारी निवास यही सडक खण्डको ढोलाहिटीमा छ । त्यहाँसम्म सडक बिस्तारको काम पनि सकिएको छ । करिब ३ किलोमिटर सडकखण्ड उक्त सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले निमार्णका लागि लिएको ६ वर्ष बितेपनि सडकको अवस्था ज्युका त्यु छ । ठेकेदार शारदा प्रसाद अधिकारीले आफनो घरसम्म पिच गरेका छन जहाँ अहिले नेकपाका अध्यक्ष पुषकमल दाहाल बस्दै आएका छन भने त्यो भन्दा माथि बसोबास गदै आएका स्थानियको सास्तीबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र ठेकेदारमाथि स्थानियले आक्रोश पोखेका छन् ।
लामो समय देखि सडक अवरुद्ध भएपछि निर्णायक आन्दोलनमा उत्रीएका सुनाकोठीवासीले सडक पिच नभए सम्म सडक चल्न नदिने बताएका छन । स्थानिय युवादेखि वृद्धबृद्धा समेत सडकमै आएर यतिबेला ठेकदार कम्पनी र सडक विभाग विरुद्ध आक्रोश पोखीरहेका छन । ठेकेदारले सडक कालोपत्रे गर्नका लागि अग्रिम भुक्तानी लिएर पनि काम नगरेको स्थानीयको आरोप छ । स्थानीय समेत रहेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ समेत आन्दोलनमा सहभागि हुँदै एउटा सडक कालोपत्रे गर्नका लागि हड्ताल गर्नुपर्ने अवस्था आउनु दुःखद भएको र सडक कालोपत्रे हुने आशामा रहेका जनताहरु धुलो खाएर विरामी हुने अवस्थासम्म पुग्दापनि काम नभएको भन्दै सरकार कहाँ छ भन्दै प्रश्न गरेका छन् ।
हाल ७ मिटर चौडा रहेको यो सडक ठेकेदार कम्पनी र सडक विभागबीच भएको सम्झौतामा भने २२ मिटर चौडा पार्नुपर्ने छ । तर, स्थानियले आफनो परापुर्वकाल देखि जोडीएको धर्म, सस्कृति, जात्रा पर्व लगायतका ऐतिहासिक सम्पदाहरु सडक चौडा पार्दा मासीने भन्दै यथास्थिीतमै कालोपत्रे गर्न माग गरेका छन । स्थानिय तहका जनप्रतिनिधी, प्रदेश सासददेखि सघिय सासद समेत सडक बन्द भएको हप्ता दिन बित्न लागीसक्दा समेत कुनै चासो नराखेको भन्दै स्थानिय थप आक्रोशित बनेका छन । सडकमा कालोपत्रे किन भएन भन्दै निरन्तर आन्दोलन गर्नु पर्ने बाध्यता सिर्जना गर्ने ठेकेदार कम्पनीले भने राजनीतिक आडमा उन्मुक्ति पाउनु नै दुखद पक्ष हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #ललितपुर महानगरपालिका, #सुनाकोठीवासी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्