कसरी हुन्छ नेपालमा कोरोना नेगेटिभ बिदेश पुग्दा पोजेटिभ ?

काठमाडौं । कोभिड–१९ नेगेटिभ रिपोर्ट लिएर विदेश गएकाहरूमा पोजिटिभ देखिने क्रम बढेपछि प्रयोगशालाको रिपोर्ट माथि नै प्रश्न उठेको छ । विदेश जाने व्यक्तिको मात्र नभई मुलुकभित्रै पनि पीसीआर परीक्षणको रिपोर्ट ल्याब तथा अस्पताल अनुसार फरक–फरक देखिएपछिे परिक्षणको औचित्य माथि नै शंका उत्पन्न भएको हो । करिव दुई साता अघि पीसीआर रिपोर्ट नेगेटिभ बोकेर नेपालबाट उडेका यात्रुमा पोजिटिभ देखिएपछि हङकङ विमानस्थलले नेपाल वायुसेवा निगमको विमानलाई उडानमा दुई पटक प्रतिबन्ध लगायो ।
पछिल्लो पटक हङकङ उडानमा १४ जनामा कोभिड पोजिटिभ देखिएपछि दुई साता लगाइएको प्रतिबन्ध आगामी शुक्रबारसम्म छ । एकातिर वायुसेवा निगम माथि नै प्रश्न उठेको छ भने अर्को तिर यो लापरबाहीले कोरोनाको जोखिम बढाउने कुरामा दुई मत छैन । सरुवा रोग बिज्ञ डा बाबुराम मरासिनीले यो अत्यन्तै ठुलो गल्ती भएकाले त्यसै यो कुरालाई किनारा लगाउन नहुने बताउछन । सरकारबाट स्वीकृति प्राप्त प्रयोगशालाको नेगेटिभ पीसीआर रिपोर्टधारी यात्रुको पुनः परीक्षणमा पोजेटिभ देखिँदा उडान अनुमति स्थगित भएपछि यसले राष्ट्रिय ध्वजावाहकको बदनामी भएको ठहर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वदेशी प्रयोगशालाबाट गरिएको कोभिड १९ परीक्षणको विश्वसनीयता माथि प्रश्न उठाएको छ ।
यससँगै मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै पत्राचार गरेको छ । सरकारबाट स्वीकृति प्राप्त प्रयोगशालामा पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्टसहित यात्रा गरेका यात्रुहरुको हङकङ, युएई र जापानमा पुनः परीक्षण गर्दा पोजेटिभ आएको भन्दै परीक्षणप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रश्न उठाएको हो । यसरी एकै व्यक्तिको दोहोरो रिपोर्ट देखिएपछि यसमाथि आवश्यक छानबिन गरी त्यस्तो रिपोर्टमा कैफियत देखिए सम्बन्धित अस्पताल तथा स्वास्थ्य संस्थाहरुमाथि कारवाही प्रक्रिया अघि बढाउन सीसीएमसी र स्वास्थ्य मन्त्रालयलाई पर्यटन मन्त्रालयले पत्र पठाएको छ ।
मन्त्रालयले विभिन्न प्रयोगशालाहरुले स्वाब संकलन नै नगरी नक्कली पीसीआर रिपोर्ट दिने गरेको ठहर गरेको छ । प्रयोगशालाहरुले स्वाब संकलनपछि रिपोर्ट तोडमोड गरी पोजेटिभ नतिजा दिने गरेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले पत्र काटिसकेपछी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले उक्त निवेदनबारे थप बुझ्न एउटा समिति बनाइएको र उक्त समितीले प्रतिवेदन बुझाईसकेकाले उक्त प्रतिवेदन हेरेर आईतबार केही निर्णय गर्ने तयारी भएको जानकारी दिएका छन ।
एउटामा पीसीआर गराउँदा पोजिटिभ र अर्कोमा गराउँदा नेगेटिभ देखिने समस्या केही महिना अगाडि पनि आएको थियो । तर, सम्बन्धित निकायले त्यसमा बेवास्ता गर्दा अहिले समस्या झन बल्झिएको छ । अझै वायुसेवा निगमलाई त झन ठुलो घाटा भाईरहेको छ । निजी अस्पातल तथा ल्याबहरुले गरेको यस्तो लापरबाहीलाई हलुका रुपमा लिएर झन बदनाम हुनुभन्दा समय मै कारबाही गर्नु नै अहिलेको आवश्यकता हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोभिड पोजिटिभ, #नेगेटिभ रिपोर्ट
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्