बालुवाटारमा ओली पक्षीय सांसदको भेला, लेखराज भट्ट गए, रामबहादुर थापा बादल गएनन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा बोलाइएको सांसदहरुको भेला बालुवाटारमा जारी छ । सरकारी निवास बालुवाटारमा जारी बैठकमा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल नेकपा महासचिव विष्णु पौडेल, नेता सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत सहभागी छन् ।
भेलामा मन्त्रीहरुसहित ७० भन्दा बढी सांसद र नेताहरु सहभागी रहेको बताइएको छ । ओलीपक्षीय भेलामा गृहमन्त्री रामबहादुर थापा भने उपस्थित छैनन् ।प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि छन् ।
लेखराज भट्टसमेत सहभागी छन् । गृहमन्त्री बादल भने बालुवाटारको बैठकमा नगई छुट्टै परामर्श गरिरहेका छन् । संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ । प्रचण्ड–माधव नेपाल पक्षले पनि आजै सांसदहरुको अलग्गै बैठक बानेश्वरमा बोलाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #गृहमन्त्री रामबहादुर थापा, #प्रधानमन्त्री केपी शर्मा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्