कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको जोखिम भत्ता घोषणामै सिमित

काठमाडौं । कर्मचारी तथा पदाधिकारीको भत्तामा गत वर्ष १५ अर्ब तीन करोड रुपैयाँ खर्च भएको थियो । चालू आर्थिक वर्षको बजेटमा पदाधिकारी तथा कर्मचारीको भत्ताका लागि सरकारले १३ अर्ब ४३ करोड १३ लाख रुपैयाँ विनियोजन गर्यो । गत वर्ष खर्च भएको बजेटमध्ये १४ अर्ब ८७ करोड १४ लाख रुपैयाँ कर्मचारीले पाएका थिए । तर, यसपटक मितव्ययी हुने भनेर कर्मचारीका लागि भत्ता घटाएर १२ अर्ब ९५ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यही बजेटबाट कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई समेत भत्ता दिने भनिएको छ ।
कोरोना महामारीबीच पदाधिकारीको भत्ताका लागि भने तीन गुणा बढी रकम विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा पदाधिकारी भत्तामा १६ करोड ८१ लाख रुपैयाँ खर्च भएको थियो, यसपालि यही शीर्षकमा ४७ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसरी पदाधिकारीको भत्ताका लागि तीन गुणा रकम विनियोजन गरिएको छ भने महामारीबीच खटिएका सुरक्षार्मी र स्वास्थ्यकर्मी लागि विनियोजित रकमसमेत वितरण गरिएको छैन ।
गत वर्ष चैतमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मीलाइ जोखिम भत्ता दिने घोषणा गरेको थियो । तर, महामारी सुरु भएको १० महिनासम्म कुनै पनि सुरक्षाकर्मीले भत्ता पाएका छैनन् । त्यस्तै, अस्पतालमै कोभिड संक्रमित विरामीहरुसँग उनीहरुको उपचारमा दिनरात खटिएको चिकित्सकले पनि सरकारबाट जोखिम भत्ता पाएका छैन्न ।
गत चैतमा फ्रन्टलाइनमा खटिने सबै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने घोषणा गरेको सरकारले व्यवास्ता गरेको छ । कोरोना महामारीमा पनि दिनरात नभनी खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको भत्ता कहिले आउछ कुनै टुंगो छैन् । दश महिनासम्म पनि सरकार घोषणा गरेको भत्ता नदिइनु दुर्भाग्य हो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, शिक्षा स्वास्थ्य
ट्याग : #कर्मचारी तथा पदाधिकारीको भत्ता
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्