माघ १ गते योग दिवस, तयारीमा जुट्यो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वाथ्य मापदण्डको पालनासहित राष्ट्रिय योग दिवस मनाउने भएको छ । राष्ट्रिय योग दिवस मुल समारोह समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमणबाट बच्न योग शिक्षालाई महत्वपुर्ण रुपमा लिनुपर्ने जानकारी गराउँदै मन्त्रालयले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको बताए । मुल समारोह समितिका अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले यो वर्षको आदर्श बाक्य तय गरी राष्ट्रब्यापी रुपमा योग दिवस मनाउन सबै सरोकारवाला निकायलाई निर्देशन समेत दिए ।
मन्त्री श्रेष्ठले मुल समारोहलाई भब्य, सभ्य र अनुशासित ढंगले मनाउन आग्रह गरे । उपसमिति गठन गरी तत्काल आदर्श बाक्य तयारी गर्ने र मुल कार्यक्रम सार्वजनिक गर्ने तयारीमा मन्त्रालय जुटेको छ । मन्त्रालयको अगुवाईमा विगत ६ वर्षदेखि राष्ट्रिय योग दिवस मनाउदै आइरहेको छ । बैठकमा सचिव गोपीनाथ मैनालीले भर्चुअल माध्यमबाट योग दिवस मनाउने तयारी गरिएको जानकारी दिए । उनले छोटो जोखिमरहित रुपमा मुल समारोह मनाउनेगरी तयारी गरिने जानकारी दिए ।
बैठकमा शिक्षक महासंघका अध्यक्ष वावुराम थापा, अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी, योग शिक्षक डा। हरीप्रसाद पोखरेल, पतञ्जली योग पिठका ट्रष्टी ई। शालिकराम सिंह लगायत समितिका सदस्यले सबै स्थानीय तह, विद्यालय लगायत सबै निकायमा योग दिवस मनाउनुपर्ने धारणा राखेका थिए ।
मन्त्रालयले प्रदेश स्तरमा योग दिवस मनाउन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट पत्राचार गर्ने, संघी मन्त्रालय मार्फत सबै स्थानीय तहलाई अनुरोध गर्ने, जुम मार्फत योग शिविर सञ्चालन गर्ने लगायतका कार्यक्रम तय गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले यो वर्षको योग दिवसलाई भब्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिए । सबै सरोकारवाला संस्थाको सहभागितामा राष्ट्रिय योग दिवस मनाउने तयारीमा जुटेको मन्त्रालयले केही दिनभित्र आदर्श बाक्य तय गर्ने पनि जानकारी दिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कृष्णगोपाल श्रेष्ठ, #विज्ञान तथा प्रविधि मन्त्रालय, #शिक्षा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्