आज पनि प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ आज पनि सुरू भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए। गत आइतबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दाको निरन्तररूपमा सुनुवाइ भइरहेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ। ३ सय भन्दा बढी कानुन व्यवसायीले वकालतनामा लेखाएका छन्। शुक्रबारसम्म रिट निवेदकका तर्फबाट ३५ जना कानुन व्यवसायीले बहस गरिसकेका छन्। धेरै कानुन व्यवसायीहरू भएकाले इजलासले बहसमा समय निर्धारण गरेको छ।
हरेक दिनको बहसका क्रममा इजलासबाट न्यायाधीशहरूले कानुन व्यवसायीहरूको ध्यानाकर्षण गराउँदै आएका छन्। पुस ५ मा संसद् विघटन भएपछि उक्त निर्णयविरुद्ध रिट परेको थियो। रिट निवेदकका तर्फबाट मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने माग उठे पनि माघ २ को आदेशले संवैधानिक इजलासमा नै सुनुवाइ गर्ने भनेको थियो।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सर्वोच्च अदालत
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्