देउवा भन्छन् सडकमा जाने पैसा छैन, पौडेल भन्छन् जे मन लायो त्यही बोलेर हिँड्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मञ्चमै चर्काचकी परेको छ । बिहीबार पोखरामा नेपाल राष्ट्रिय मगर संघको प्रदेश स्तरीय प्रथम सम्मेलनलाई सम्बोधन गर्नै क्रममा दुई नेताले एक–आपसमा चेतावनीयुक्त भाषण गरेका हन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देउवाले संसद विघटनबारे बोल्न नहुने र अदालतको फैसला पर्खिनुपर्नेमा मत राखे भने बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन अलोकतान्त्रिक, असंवैधानिक भन्दै कांग्रेसले त्यसको खुलेरै विरोध गर्नु पर्ने बताए ।
सुरुमै भाषण गरेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशलाई ध्रुवीकरण गरे पनि सडकमा जुलुस लिएर जान नहुनेमा जोड दिए । अदालतले संसद विघटनबारे जे फैसला गरे पनि नेपाली कांग्रेसले स्वीकार तयार रहनुपर्ने सभापतिको देउवाको भनाई थियो । उनले सडक आन्दोलन गर्नका लागि कार्यकर्ता भेला गर्न पार्टीमा पैसा नभएको तर्क प्रस्तुत गरे । देउवापछि मञ्चमा उक्लिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने संसद विघटनको विरोधमा सडकमा उत्रँदा अदालतलाई धम्क्याएको नहुने तर्क राखे ।
पौडेलले ‘लोकतन्त्रमाथि प्रहार’ भइरहँदा नेपाली कांग्रेसले हेरेर बस्न नहुने बताए । लोकतन्त्रका लागि नेपाली कांग्रेस ७० वर्षदेखि लड्दै आएकाले चुनावको पछि दौडिन नहुने पौडेलको भनाई थियो । नेपाली कांग्रेस केन्द्रीय समितिले संसद विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक कदम ठहर्याइसकेकाले सभापति देउवातर्फ लक्षित गर्दै जनतालाई ‘कन्फ्युज’ नराख्न चेतावनी दिए । संसद विघटन भएदेखि नै दुई खेमामा बिभाजित भएका कांग्रेसका शिर्ष नेताहरुले एउटै मञ्चमा आरोप प्रत्यारोप गरेको यो पहिलो पटक हो ।
देउवा अदालतको निर्णय कुर्नुपर्ने पक्षमा रहेपनि वरिष्ठ नेता पौडेल पक्षको दवावका कारण बाध्य भएर संसद बिघटन बिरुद्ध सडक आन्दोलनका लागि राजी भएका थिए । तर, पार्टीमा पैसा छैन भन्दै पन्छिन खोजेपछि वरिष्ठ नेता पौडेलले जे पायो त्यति बोलेर नहिड्न देउवालाई चेतावनी दिएका हुन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #रामचन्द्र पौडेल, #शेरबहादुर देउवा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्