Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

कांग्रेसमा फरक–फरक मत,कोही सत्ताको पक्षमा कोही बिपक्षमा


काठमाडौं । विकसीत नयाँ घटनाक्रमहरु संगै विभाजन उन्मुख अवस्थामा रहेको नेकपाका दुवै समुहहरुले कांग्रेसको समर्थन खोजीरहेको छ । तर, प्रमुख प्रतिपक्षी दलको आगामी रणनीती के हुन्छ ? भन्ने कुरा प्रष्ट भइसकेको छैन । कांग्रेसले फागुन २३ गते बस्ने प्रतिनीधी सभा बैठकमा उसले कस्तो भुमीका निर्वाह गर्दछ भन्ने कुरा पनि सर्वत्र चाँसोको विषय बनेको छ । गत निर्वाचन मार्फत पाएको भारी बहुमत सहित सत्ता संचालन गरीरहेको नेकपा भित्रको अन्र्तद्धन्द र सत्तासंर्घषले कांग्रेसलाई फेरी देशको सत्ता राजनीतीको केन्द्रमा खडा गरीदिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनीधी सभा विघटन गर्ने कदम संगै अन्योल ग्रस्त बनेको मुलुकको राजनीती सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको फैसला सुनाए पछि कांग्रेसको वरीपरी घुम्ने देखिन्छ । विभाजन उन्मुख स्थीतीमा रहेको सत्तारुढ नेकपाका दुवै समुहहरुले आगामी सत्ता समीकरणको लागी नेपाली कांग्रेसको साथ खोजिरहेका छन् । तर कांग्रेस चाँही नेकपाको कुन समुहलाई समर्थन गर्ने भन्ने विषयमा प्रष्ट साथ खुलीरहेको छैन । कांग्रेसको संस्थापन पक्ष वर्तमान सरकार प्रति अली नरम देखिन्छ, भने वरीष्ठ नेता पौडेल पक्षले आलोचना गरिरहेको छ ।

कांग्रेस भित्रको यो अवस्थाले पनी आगामी सत्ता समीकरणमा प्रभाव पार्ने देखिन्छ । ओलीसँगको सत्ता साझेदारीको पक्षमा आफुहरु नरहेको देउवाइतर नेता प्रकाशमान सिंह बताउछन् । प्रतिनीधि सभाको पुर्नस्थापना पछि पनि जती प्रष्ट स्वरमा कांग्रेस स्थापन इतर पक्षले ओलीसँगको सहकार्यलाई इन्कार गरीरहेको छ, संस्थापन पक्ष त्यती प्रष्ट छैन । कांग्रेस संस्थापन पक्षका नेताहरुको बोलीबाट उनीहरु प्रधानमन्त्री ओली संगको सत्ता सहकार्यको लागी पनि खुला रहेको आभाष हुन्छ ।

औपचारीक रुपमा विभाजीत नभएको भएपनी सत्तारुढ नेकपाका दाहाल–नेपाल पक्ष र ओली पक्षका गतीबिधीहरुलाई हेर्दा उनीहरु दुई फरक–फरक पार्टी जस्तै देखिन्छन । अहिले प्रस्तुत भईरहेका दुवै पक्षका अभिब्यक्तीले निकट भविष्यमै नेकपा एकताबद्ध भएर जाने सम्भावना पनि अत्यन्त क्षीण देखिन्छ । तसर्थ आगामी सत्ता सहयात्राका लागी सत्तारुढ नेकपाका दुवै समुहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा निर्भरहुन र्निविकल्प जस्तै छ । तर कांग्रेसले को संग सहकार्य गर्छ र देशको अबको राजनीती कसरी अगाडी बढछ भन्ने कुरा भविष्यले नै देखाउने छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कांग्रेसको समर्थन, #प्रधानमन्त्री केपी शर्मा

तपाईको कमेन्ट लेख्नुहोस्