Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

रामचन्द्रलाई शेरबहादुरको झटारो प्रधानमन्त्री बन्छ भनेर सानो चित्त नगर्नुहोस्


चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार नेतृत्वको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् । पूर्व सांसद एवम नेपाली काँग्रेसका नेता एकनाथ रानाभाटको १३ औं श्रद्धान्जली सभा कार्यक्रममा सहभागीहुन चितवन पुगेका सभापति देउवाले देशको निकासका लागी जिम्मेवारी आए पछि नहट्ने बताएका हुन् । सभापति देउवाले काँग्रेस पदको लोभ नगर्ने पार्टी भएको तर जिम्मेवारी आए पछि नहट्ने भन्दै प्रधानमन्त्री बन्ने प्रस्ताव आए स्वीकार गर्ने बताएका छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति प्रति ईङगित गर्दै लोकतन्त्रलाई विकृति बाट बचाउन आफनो भुमिका निर्बाह गर्नु पर्ने बताएका थिए । नेता पौडेलले सभापतिलाई कांग्रेस पार्टीको हैसियत भन्दा धेरै आकांक्षा नराख्न सुझाब दिए ।

पौडेलले अहिले कांग्रेस प्रतिपक्षमै बस्नुपर्नेमा जोड दिएपछि देउवाले ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त’ नगर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरे । सत्तासीन नेकपाका केपी ओली र प्रचण्ड–माधव नेपाल पक्षले सत्ता सहकार्यका लागि देउवालाई प्रस्ताव गरिरहेका बेला उनले जिम्मेवारी आए पछि नहट्ने बताएका हुन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #रामचन्द्र पौडेल, #शेरबहादुर देउवा

तपाईको कमेन्ट लेख्नुहोस्