प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा गरे फेरि संसद बिघटनको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमा प्रतिनिधिसभा फेरि विघटनको प्रस्ताव गरेका छन् । राष्ट्रपति निवास शितल निवासमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सरकार र संसद् राम्रोसँग सञ्चालन नभएमा संसद् विघटन गरेर निर्वाचनमा जानु स्वाभाविक हुने बताएका हुन् । बैठकमा प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर समेत गरेका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन घोषणा असंवैधानिक भएको भन्दै फागुन ११ गते पुनःस्थापना गरेको थियो ।
राष्ट्रपति निवास शितलनिवासमा आयोजति सर्वदलीय बैठकमा सहभागी नेताका प्रधानमन्त्रीले बोल्ने क्रममा सरकार र संसद् चल्ने अवस्था नआएपछि विघटन गरेको दाबी समेत ओलीको छ । उनले संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको बताए । बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री ओलीले फेरि संसद बिघटन गर्न खोजेको आरोप लगाए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने आफ्नो निर्णयलाई प्रतिगमन भनिएकोमा पनि असन्तुष्टि जनाएका थिए ।
दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएपछि राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिएकी थिईन् । यससँग राष्ट्रपति विद्यादेवी भण्डारीले आवहान गर्नु भएको सर्वदलीय बैठक सम्पन्न भएको छ । राष्ट्रपतिले आवहान गरेको सर्वदलीय बैठकमा बैठकमा पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी भएका थिए । बैठकमा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने अनुपस्थित भएका थिए । नेताहरुले राष्ट्रपति भण्डारीको यही चैत्र ९ र १० गते हुने बंगलादेशको दुई दिने भ्रमणका बिषयमा जानकारी समेत गराएकी थिइन ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा, #राष्ट्रपति निवास शितल निवास
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्