६ महिनाका लागि माधवकुमार नेपाल र भीम रावल निलम्बित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेर पत्र पठाएका छन् । पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरेको जानकारी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले दुवै नेतालाई गराएका हुन् ।
कारबाही गरिएको भन्दै नेपाल र रावललाई पठाइएको पत्रमा सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनिएको छ । ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो ।
आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ ।
पाण्डे र भुसाललाई पुनः स्पष्टीकरण
स्पष्टीकरण पेश नगरेका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालाई पुनः स्पष्टीकरण सोध्ने निर्णय नेकपा एमालेले गरेको छ । यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित तीन दिनभित्र जवाफ दिन माग गर्दै अविलम्ब पुनः स्पष्टीकरण सोध्ने निर्णय गरिएको जनाइएको छ ।
पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले नेताहरू माधव नेपाल, भीम रावल, पाण्डे र भुसालाई स्पष्टीकरण सोधेको थियो । नेपाल र रावलले पार्टी अध्यक्ष केपी ओलीप्रति उल्टै प्रतिप्रश्न सोध्दै स्पष्टीकरण पत्र बुझाएका थिए भने नेता भुसाल र पाण्डेले जवाफ फर्काएका थिएनन ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #एमालेका अध्यक्ष केपी शर्मा ओली, #माधवकुमार नेपाल र भीम रावल निलम्बित
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्