Techie IT
  • २२ माघ २०८१, मंगलबार
KhojPatrika

नेपाल हुँदै बिदेश उडान, काठमाडौंमा भारतीय नागरिकको भीडभाड


काठमाडौं । पछिल्लो समय भारतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । दैनिक २ लाख माथि संक्रमित ब्यक्ती फेला परेर किर्तिमान नै बनाइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का दुई लाख ७३९ जना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा भारतमा एक हजार ३८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ४० लाख नाघेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि एक लाख ७३ हजार १२३ पुगेको छ । पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितमध्ये ५८ हजारभन्दा बढी महाराष्ट्रमा छन् । यस्तै उत्तर प्रदेशमा २० हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने दिल्लीमा १७ हजारभन्दा संक्रमित थपिएका छन् । छत्तीसगढमा पनि १४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना संक्रमण बढ्दै जाँदा नेपालमा पनि त्यसको असर परेको छ । एकाएक नेपालमा घटेको संक्रमित संख्या ह्वात्तै बढ्न थालेको छ । दैनिक ५ सय ५० भन्दाबढी संक्रमित नेपालमा पनि फेला परिरहेका छन् । तर, नेपालले उच्च स्वास्थ्य सर्तकता भने अपनाएको देखिदैन । सीमा नाकाबाट सर्वसाधारण दैनिक भित्रिरहेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राख्ने कुनै ब्यवस्था गरिएको छैन् ।

विगतमा सीमा नाकामै उच्च सर्तकता अपनाउन नसक्दा नेपालमा धेरै संक्रमित भेटिए । अहिले पनि न सरकारको ध्यान गएको छ न त स्थानीय सरकारले नै सीमामा रोक्न मतलव गरेका छन् । अझ पछिल्लो समय त काठमाडौ उपत्यका जोखिममा परेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भारतबाट भारतीय नागरिकको काठमाडौं आवागमन झनै बढेको छ । त्यहि सुचनाका आधारमा हामी अतिव्यस्त रहने काठमाडौको पर्यटकिय क्षत्रे ठमेलमा पुग्यौं । जहाँ बिगत केही दिनदेखी निक्कै चहल पहल बढेको छ । यतिबेला अन्य देशबाट नेपालमा पर्यटक भित्रिएका छैनन् । तर, ठमेलमा भने भारतिय नागरिकको भिड देख्न सकिन्छ । उनीहरु घुम्न आएका होइनन् । विभिन्न मुलुकमा कामका लागि जान नेपालमा क्वारेन्टिन बस्न आएका हुन् ।

काम गर्न जाने मुलुकमा क्वारेन्टिन बस्दा खर्च धेरै लाग्ने भएकाले भारतीयहरु काठमाडौलाई क्वारेन्टाइन बनाएर बस्ने गरेका छन् । विगत केही सातादेखि काठमाडौका होटेलहरुमा दैनिक ५०० देखि ६०० सम्म भारतीय नागरिक क्वारेन्टाइन बस्नकै लागि आउने गरेका छन् । कोरोनाको जोखिमका बेला क्वारेन्टिन बस्नु ठिकै हो । तर, अन्य मुलुकमा जाुनपर्ने व्यक्तिहरु काठमाडौमा बस्नुले चाँही जोखिम बढएको छ । क्वारेन्टिनमा बस्ने भने पनि त्यो खर्च जोगाउन गरिएको कर्मकाण्ड मात्रै हो । किनकी क्वारेन्टिनमा बसेको भन्नेहरु खुलेआम बाहिर घुमिरहका छन् । काठमाडौंमा भेटिएका अधिकासं भारतीय नागरिकहरु दुबइ, कतार जानका लागि आएको बताउछन् ।

काठमाडौंका होटेलहरूमा १४ दिन क्वारेन्टाइन बस्ने र त्यसपछि कामका लागि जाने बताउछन् । कोभिड–१९ का कारण खाडी मुलुकले भारतमा सीधा उडान रोकेपछि भारतीय नागरिकहरू नेपालको बाटो हुँदै खाडी मुलुक जान नेपाल आएका छन् । जसका कारण नेपालबाट हुने उडानहरू खचाखच भरिन थालेका छन् । त्यस्तै, भारतबाट नेपाल आउने उडानमा पनि यात्रुहरूलाई टिकट पाउन मुस्किल हुन थालेको छ । कोभिड–१९ पछि भारत र नेपालले एक–एक उडान मात्र गर्न पाउने सहमतिअनुसार हवाई यातायात चलिरहेको छ । जसमा तेस्रो मुलुकमा यात्रुसमेत बोक्न प्रतिबन्ध रहेको छ  ।

ठमेल मात्रै होइन बसपार्क, सुन्धारा, विमानस्थल क्षेत्र तथा गौशाला क्षेत्रका होटेलहरू भरिभराउ छन् । पछिल्लो दुइ हप्ताको अवधिमा मात्रै झन्डै ६० हजार भारतिय नागरिक काठमाडौमा आएका छन् । अझै आउने क्रम जारी छ । भारतमा कोरोना संक्रमण तीब्र गतिमा फैलिएका बेला त्यहा देशका नागरिक नेपाल आउँनुले यहाँ पनि जोखिम बढाएको छ । तर, सरकारी तवरवाट कुनै चासो दिइएको छैन् ।


क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण, #भारतीय नागरिकको भीडभाड

तपाईको कमेन्ट लेख्नुहोस्