कोरोना संक्रमणको दोस्रो लहरले देश नै आक्रान्त, जताततै धमाधम निषेधाज्ञाको घोषणा गरिदै

काठमाडौं । देशका बिभिन्न स्थानमा कोरोना संक्रमण ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले निषेधाज्ञा जारी गरेका छन् । काठमाडौं उपत्यकामा दुई साता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै एक दर्जन बढी जिल्लामा निषेधाज्ञाको घोाषणा भएको हो । सीसीएमसीको सिफारिस अनुसार मन्त्रिपरिषद्को बैठकले सहरी क्षेत्रमा ५ सय र पहाडी क्षेत्रमा २ सय संक्रमित पुगेका जिल्लामा प्रशासनले निषेधाज्ञा लगाउने निर्णय गरेपछि यतिबेला बिभिन्न जिल्लाहरुले धमाधम निषेधाज्ञा जारी गर्न लागेका छन् ।
पर्सामा वैशाख १६ गते बिहीबारदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय गरेको हो । सुर्खेतमा मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै बाराको कलैयामा बिहीबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
कैलालीमा पनि बिहीबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिश गरेको छ । यसअघि नै बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी, र बढी जनघनत्व भएका र सीमावर्ती इलाकामा निषेधाज्ञा लगाइएको छ ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् । विवाह, पूजाआजा जस्ता संस्कार जन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न नपाइने घरमा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी १५ भन्दा बढी सहभागी हुन पाइने गृह मन्त्रालयले जनाएको छ । भारतसँग सीमा जोडिएका र जोखिमको उच्च सूचीमा रहेका जिल्लामा पनि आवश्यकता अनुसार प्रतिकार्य योजना लागू गर्न गृह मन्त्रालयले समेत निर्देशन दिएको छ ।
गत बर्ष २०७६ चैत ११ गतेबाट लगाइएको देशव्यापी लकडाउन २०७७ साउन ६ मा अन्त्य गरिएको थियो । काठमाडौं सहित देशका बिभिन्न जिल्लामा कतै पूर्ण र कतै आंशिक निषेधाज्ञा गरिएकोमा असोज १ बाट उपत्यकामा लगाइएको निषेधाज्ञा हटाइएको थियो । पछिल्लो समय महामारीको दोस्रो लहर तीव्र रूपमा बढ्न थालेपछि नियन्त्रणका लागि बिभिन्न निकाय निषेधाज्ञा गर्न थालेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #जिल्लामा निषेधाज्ञा, #निषेधाज्ञा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्