Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा नेपाल स्काउट


काठमाडौं । नेपाल स्काउट बिभिन्न स्थानमा कोरोनाबाट मृत्यु भएका ब्यक्तीहरुको शव व्यवस्थापनमा जुटेको छ । बिभिन्न स्थानमा कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिहरुको शव ब्यवस्थापनमा समस्या भएको गुनासो आएपछि नेपाल स्काउट पनि शव ब्यवस्थापनमा जुटेको हो । सुरुदेखि नै कोरोना संक्रमतिको मृत्यु भएमा नेपाली सेनाले मात्रै शव ब्यवस्थापन गर्दै आएका थियो । काठमाडौंमा कोरोनाबाट मृत्यु भएका भएका ५८ वर्षीय सुशीलवीर कंसाकारको शव ब्यवस्थापन बुधबार गरेको हो ।

नेपाल स्काउट बागमती प्रदेशका संयोजक केशरत्न बज्राचार्य र बागमती प्रदेश स्पेशल टाक्स फोर्सको संयोजक अजित लामा, प्रकाशराज पाण्डे र विखेन्द्र महर्जन लगायतले गरेका थिए । यसअघि नेपाल स्काउटको टोलीले बिराटनगरमा शव ब्यवस्थापनको कार्य थालनी गरेको थियो । कोरोना संक्रमण भई ग्राण्डी अस्पतालमा उपचाररत ५८ वर्षे कंसाकारको मंगलबार निधन भएको थियो । मृत्यु पश्चात शव कोरोना नेगेटिभ देखिएको अस्पतालले जनाएपछि उक्त शव नेपाली सेनाले व्यवस्थापन नगरेको र परिवारजनमा कोरोनाको त्रास भएकाले नेपाल स्काउटको टोलीले शव व्यवथापन गरेको हो ।

बिगत २ सातादेखि ननकोभिड बिरामीहरुलाई एम्बुलेन्स सेवा सुचारु गरेको नेपाल स्काउटको तालीम प्राप्त टोलीले शव व्यवथापन समेत सुरु गरेको हो । नेपाल स्काउटले नेपालमा कोरोना माहामारी पश्चात् कोरोना विरुद्ध जनचेतनामूलक अभियान,चिकित्सक परामर्श सेवा,हेल्प डेस्क,डिसइन्फेक्ट कार्य र शवदहमा निशुल्क पानी वितरण लगायतको काम गरिरहेको नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले जानकारी दिए । स्काउट देशभर जस्तोसुकै परिस्थितिमापनी जनताको सेवा गर्न अहोरात्र खटिरहेको भण्डारीको दाबी छ ।

केही दिनअघि नेपाल स्काउटले प्रदेश नं १ मा कोरोनाबाट मृत्यु भएका मानिसहरूको शव व्यवस्थापन सुरु गरेको थियो । अन्य प्रदेशमा पनि नेपाल स्काउटले स्वयंसेवी भएर शव व्यवस्थापनमा इच्छा देखाए तालिम दिन तयार रहेको नेपाली सेनाले बताएको छ। तर, नेपाली सेनाले नेपाल स्काउटलाई शव व्यवस्थापनका लागि आह्वान भने नगरेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रदेश १ मा मात्रै कोरोना भएर मृत्यु भएका मानिसहरूको शव व्यवस्थापनका लागि ४२ जना स्काउट खटिएका छन् । खटिएका ४२ जनामध्ये ३५ पुरुष र सात महिला रहेको बताइएको छ । मोरङको विराटनगरमा सोमवार एक ५४ वर्षीय पुरुषको शव व्यवस्थापन गरेर नेपाल स्काउटले काम गर्न सुरु गरेको थियो । अन्य केही स्थानमा स्वयंसेवीहरूले शव व्यवस्थापन गरिरहेको भए पनि स्काउटले पहिलो पटक शव व्यवस्थापनको काम थालेको स्काउटको प्रदेश १ कार्यालयका अधिकृत नवराज घिमिरेले जानकारी दिए ।

कोरोनाबाट मृत्यु भएपछि संक्रमण सर्छ कि भन्ने त्रासमा मानिसहरू घर परिवारका सदस्यका छेउमा जान पनि डराउने भएकाले स्काउटले सो अभियान चलाएको बताइएको छ । स्काउटको प्रदेश कार्यालयले नेपाली सेनाको पूर्वी पृतनामा शव व्यवस्थापनका लागि इच्छा व्यक्त गरेपछि केही दिनअघि तालिमको आयोजना गरिएको थियो ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमणबाट मृत्यु, #नेपाल स्काउट

तपाईको कमेन्ट लेख्नुहोस्