Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

संवैधानिक इजलासमा बहस सुरु, प्रधानन्यायाधीशले भने बेच्नबारे कुनै कुरा सुनिदैन


काठमाडौं । संवैधानिक इजलासबाट सरकारी वकिलले प्रश्न उठाएका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका छन् । आजको इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराएका हुन् ।

यसअघि कार्की र भट्टराईले बस्ने नबस्ने बारे राय दिने भनिएपनि सोअघि नै राणाले दुई न्यायाधीशलाई नै निरन्तरता दिने निर्णय लिएका हुन् । त्यसपछि संवैधानिक इजलासमा संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ ।

इजलासका दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको इजलास सोमबार र मंगलबार बस्न सकेको थिएन । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बसहका लागि आधा घण्टाको समय दिएका छन् । यससँगै प्रतिनिधिसभा विघटनविरुद्धको शेरबहादुर देउवा लगायतको रिट निवेदनमा बहस शुरु भएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #संवैधानिक इजलास

तपाईको कमेन्ट लेख्नुहोस्