गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनुभन्दा २ दिन अगावै संसद सचिवालयमा जानकारी गराउन ुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने पत्र सचिवालयमा दर्ता गराएका थिए । गत वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिना भित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ ।
गण्डकी प्रदेशमा सत्तापक्ष र विपक्षी गठबन्धनलाई नयाँ सरकार गठनका लागि बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ संसद विघटन गर्ने योजनामा छन् । तर, विपक्षी दल माओवादी केन्द्र सभामुखलाई राजीनामा दिन लगाएर नयाँ सरकार गठनका लागि बहुमत पुर्याउने योजनामा छ । गण्डकीमा सभामुख माओवादी केन्द्रको छन् । माओवादी केन्द्र संसदीय दलको सोमबार बसेको बैठकले नयाँ सरकार गठनको अन्तिम विकल्प सभामुखको राजीनामा रहेको निष्कर्ष निकालेको थियो ।
सभामुख नेत्रनाथ अधिकारीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि बहुमत पुग्नेछ । ६० सदस्यीय सांसद रहेको गण्डकीमा नयाँ सरकार गठनको लागि ३१ सांसदको आवश्यकता पर्छ । स्वतन्त्र सांसदसहित मुख्यमन्त्रीको पक्षमा अहिले २८ सांसद देखिएका छन् । रष्ट्रिय जनमोर्चा पार्टीका सांसद कृष्ण थापाको मत पनि गुरुङलाई जाँदा मुख्यमन्त्रीले २९ मत प्राप्त गर्नेछन् । नयाँ सरकार गठनका लागि विपक्षी चार दल कांग्रेस,माओवादी केन्द्र, जसपा र राजमो गरी बहुमत पुग्छ । निर्णायक भूमिकामा रहेको राजमो बीचविवाद हुँदा नयाँ सरकार गठनमा समस्या देखिएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #पृथ्वीसुब्बा गुरुङ, #संसद सचिवालय
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्