उपेन्द्र यादवले सोधे जसपाबाट मन्त्री बनेकालाई स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि भएका जसपाका मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरण सोधेका छन् । पार्टीको निर्णय बिरुद्ध गएर ओली नेतृत्वको सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरण बुझाउन सात दिनको म्याद दिइएको छ । तर, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बनेका जसपा नेता लक्ष्मणलाल कर्णले भने स्पष्टीकरण आफूलाई थाहा नभएको जानकारी दिएका छन् ।
सरकारमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । सरकारमा जसपाको नेतृत्व गरेका राजेन्द्र महतोले उपप्रधानमन्त्री र सहरी विकास मन्त्रालय पाएका छन् । यसैगरी शरदसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।
यसैगरी चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेका छन् । जसपामा बढेको विवादमा महन्थ ठाकुर र उपेन्द्र यादवलाई निर्वाचन आयोगले यथास्थितिमा राखिदिएपछि अव के गर्ने भन्ने बिषयमा दुबै पक्ष छलफलमा जुटेका बेला यादवले स्पष्टिकरण सोधेका हुन ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जसपाको किचलो, #प्रधानमन्त्री केपी शर्मा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्